News Portal

  • सनराइज ब्लूचिप फण्डको आधाभन्दा बढी इकाई दुई दिनमै बिक्री

    आर्थीकसंसार संवाददाता३ चैत्र, २०७७
    ६७८ पटक
    ३ चैत्र, २०७७

    काठमाडौं । सनराइज क्यापिटलले बिक्रीमा ल्याएको सनराइज ब्लूचिप फण्डको दोस्रो दिनसम्म इकाई खरिदको लागि कुल इकाईको ५०.६ प्रतिशत इकाई बिक्री भइसकेको छ ।
    क्यापिटलका अनुसार सोमबार साँझसम्ममा २२ हजार जना आवेदकहरुबाट कुल इकाईको ५०.६ प्रतिशत इकाई बिक्री भइसकेको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जानकारी दिएको छ ।
    क्यापिटलले चैत्र १ गतेदेखि प्रति इकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो । फण्डले १५ प्रतिशत इकाई कोष प्रवद्र्धक सनराइज बैंकलाई सुरक्षित गरी बाँकी रहेको इकाई सर्वसाधारणहरुलाई बिक्री गर्न लागेको हो । उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । इकाई खरीदका लागि आवेदन दिन छिटोमा २०७७÷१२÷०४ गते अर्थात अब दुई दिन बाँकी रहेको क्यापिटलले जनाएको छ । यस योजनाको प्रक्षेपित वार्षिक प्रतिफल २२.३८ प्रतिशत प्रक्षेपण समेत गरेकोले ढुक्क भएर लगानी गर्न सकिने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्