News Portal

  • सिभिलको नयाँ एक्सटेन्सन काउन्टर विराटचोकको करदाता सेवा कार्यालयमा

    आर्थीकसंसार संवाददाता२६ फागुन, २०७७
    ८०९ पटक
    २६ फागुन, २०७७

    काठमाडौं । सिभिल बैंकले मोरङ जिल्ला विराटचोकको करदाता सेवा कार्यालयमा नयॉ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख विमल सापकोटाले गरे ।
    यो सँगै त्यस क्षेत्रका सेवाग्राहीहरुले नेपाल सरकार अर्थमन्त्रालय आन्तरिक राजश्व विभागसँग सम्बन्धित करहरुको भुक्तानी सिभिल बैंकको एक्सटेन्सन काउन्टरमार्फत सजिलैसँग गर्न सक्नेछन् ।
    पाँच लाखभन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकको यस एक्सटेन्सन काउन्टरसहित ७ एक्सटेन्सन काउन्टरहरु स्थापित गरिसकेको छ, जसमध्ये ४ वटा एक्सटेन्सन काउन्टरहरु नेपाल सरकारको कर तथा राजश्व संकलन गर्न स्थापित गरिएको हो । साथै बैंकको हालसम्म ८९ एटियम रहेका छन् भने हालसम्म बैंकले करिब ८१ अर्व भन्दा बढी निक्षेप परिचालन गरी ७४ अर्व भन्दा बढी कर्जा लगानी गरिसकेकोे छ ।

    प्रतिकृया दिनुहोस्