काठमाडौं । कुमारी बैंक लिमिटेडले ललितपुर, ग्वार्कोस्थित तरकारी तथा फलफूल बजारका व्यवसायीहरूलाई सहज रूपले नै मोबाइल फोनबाट भुक्तानी प्राप्त गर्न सकिने सुविधा अर्थात क्युआर सुविधा प्रधान गरी सहज भुक्तानीको विकल्प ल्याएको छ । कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीको उपस्थितिमा मुख्य अतिथि चिरिबाबु महर्जनबाट सो क्युआर कोडहरू हस्तान्तरण गरिएको थियो ।
नगद वा कार्डको विकल्पमा आफ्नो मोबाइल फोनबाट भुक्तानी गर्न सकिने डिजिटल प्रविधिलाई प्रवद्र्धन गर्दै कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि “कुमारी स्मार्ट” नामको मोबाइल एप्लिकेसन प्रस्तुत गरेको छ । यो एपबाट क्युआर कोड स्क्यान गरी सुरक्षित र सजिलो भुक्तानी गर्न सकिन्छ । यस्तो सेवाको प्रयोग गर्दा कुनै पनि थप शुल्क नलाग्ने हुनाले कागजी नगद यो विकल्प नवीन र सहज पनि छ । यसका साथै कुमारी बैंक लिमिटेडका क्युआर कोड उपलब्ध भएका व्यवसायिक स्थान वा प्रतिष्ठानहरूको संख्या ७००० भन्दा बढी पुगेको छ ।
कुमारी बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६२ एटिएम, २२ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
कुमारी बैंक लिमिटेडद्वारा आफ्नो क्युआर कोड सेवा विस्तार
आर्थीकसंसार संवाददाता१३ फागुन, २०७७
१३ फागुन, २०७७- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो