काठमाडौं । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान स्थापनाको ५४औं वर्षमा प्रवेश गरेको छ ।
संस्थान ५४औं वर्ष प्रवेश गरेको अवसरमा मङ्गलबार राजधानीमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्रतिष्पर्धी बीमा बजारमा अगाडि बढ्न आग्रह गरे । अध्यक्ष सिलवालले भने, ‘संस्थानले पारदर्शीता र सुशासनको माध्यमद्वारा सर्वसाधारणको संस्थानप्रतिकाृ विश्वसनियता बढाउँदै छिटो, छरितो, गुणस्तरीय र प्रविधिमैत्री सेवामार्फत आफ्नो प्रतिष्ठा बढाउनुस् ।’
जीवन बीमा सेवालाई सर्वसाधारण र विपन्न वर्गसम्म पुर्याइ बीमाको पहुँच र दायरामा बढ्दै गर्दा संस्थागत सुशासन र वित्तीय पारदर्शीतालाई केन्द्रमा राखी गतिविधि अघि बढाउन उनको आग्रह थियो । यस्तै कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी सिवाकोटीले प्रतिष्पर्धामा विश्वास गर्दै व्यवसायलाई परिवर्तन र परिमार्जन गर्दै सबै बीमा कम्पनीहरुलाई अगाडि बढ्न संस्थाललाई आग्रह गरे ।
संस्थानका प्रशासक कविप्रसाद पाठकले चालु आवको पौष मसान्तसम्ममा नेपालमा सञ्चालित जीवन बीमा सेवा प्रदायकहरुले संकलित बीमा शुल्क ६६ अर्ब १६ करोडमध्ये संस्थानले पाँच अर्ब ६८ करोड संकलन गरी बीमा शुल्क संकलनमा संस्थानको बजार हिस्सा ८.५९ प्रतिशत रहेको जानकारी दिए । उनले जीवन बीमा व्यवसायमा जीवन बीमा कोषको आधारमा चौंथो र बीमाशुल्क संकलनको आधारमा तेस्रो स्थान हासिल गर्न संस्थान सफल भएको पनि बताए । सो अवधिमा कुल बीमा लेख संख्या ९१ लाख ५१ हजार ६८७ रहेकोमा संस्थान सात लाख ३५ हजार ८१९ बीमालेख सहित पाचौं स्थानमा रहेको प्रशासक पाठकले बताए । संस्थाले वार्षिकोत्सवको अवसरमा नयाँ प्रडक्ट आवधिक जीवन बीमा (टर्म लाइफ इन्स्योरेन्स) पनि सार्वजनिक गरेको छ ।
राष्ट्रिय बीमा संस्थान ५४औं वर्षमा प्रवेश
आर्थीकसंसार संवाददाता११ फागुन, २०७७
११ फागुन, २०७७- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?