काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकले लाहान नगरपालिका–८ सिराहामा आफ्नो ८७औं शाखा स्थापना गरी कारोबार विस्तार गरेको छ । नवस्थापित शाखाको उद्घाटन लाहानका मेयर मुनि साह र प्रदेश २ का प्रबन्धक सुशील श्रेष्ठले गरे ।
लाहान शाखाले ग्राहकहरूलाई वित्तीय पहुँच पुर्याउने र वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यसहित स्थानीय मागलाई पूरा गर्नेगरी पूर्ण बैंकिङ सेवा प्रदान गर्ने बैंकले जनाएको छ ।
नेपाल इन्भेस्टमेन्ट बैंकले ८७ शाखा, १२८ एटीएमहरू, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरहरूबाट आफ्ना ग्राहकहरूलाई सेवा पुर्याइरहेको छ ।
पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकासन– युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।
नेपाल इन्भेस्टमेन्ट बैंकको ८७ औं शाखा लाहान नगरपालिकामा स्थापना
आर्थीकसंसार संवाददाता१० फागुन, २०७७
१० फागुन, २०७७- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो