News Portal

  • असी करोडको “कुमारी ईक्वीटी फण्ड” निष्काशन

    आर्थीकसंसार संवाददाता५ फागुन, २०७७
    १८०६ पटक
    ५ फागुन, २०७७

    काठमाडौं । कुमारी क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन तथा कुमारी बैंक लिमिटेडद्वारा प्रवद्र्धन गरिएकोे १० वर्षे बन्दमुखी योजना रहेको रु. १० अकिंत दरको ८,००,००,००० (आठ करोड) इकाइको “कुमारी ईक्वीटी फण्ड” मध्ये १५ प्रतिशत अर्थात १,२०,००,००० इकाई कोष प्रबद्र्धक कुमारी बैंक लिमिटेडको लागि सुरक्षित राखी बाँकी ६,८०,००,००० (छ करोड असी लाख) इकाई मिति २०७७ फाल्गुन १४ गते शुक्रबारदेखि सर्वसाधारणहरुमा निष्काशन तथा बिक्री खुल्ला गरिनेछ । योजना व्यवस्थापन गर्ने कुमारी क्यापिटल लि.ले इक्रा नेपालबाट AMC ३ रेटिङ्ग प्राप्त गरेको छ । योजना सूर्यप्रसाद कोइराला, भरतराज पोखरेल, कृष्णप्रसाद ज्ञवाली, नवराज बुर्लाकोटी र प्रजितकुमार तिमल्सिना गरी ५ जना विशिष्ट अनुभव प्राप्त कोष सुपरिवेक्षकहरुको सुपरिवेक्षणमा सञ्चालन हुनेछ ।
    योजना व्यवस्थापकले वृहत अध्ययन तथा विश्लेषणको आधारमा इकाई बिक्रीबाट संकलित रकम दक्षतापूर्वक योजनाले तोकेको लगानी क्षेत्रहरुमा लगानी गरी जोखिमको उचित ब्यवस्थापन गरी उच्च प्रतिफल दिई लगानीकर्ताहरुको लगानीलाई सुनिश्चित गर्नेछ । नेट एसेट भ्यालुः रु १० बाट सुरु भई अन्तिम वर्ष (लाभाशं वितरणपश्चात) सम्म रु २२.४९ पुग्ने प्रक्षेपण गरिएको छ ।
    लाभाशं र पूँजी वृद्विसमेत गरी औषत प्रतिफलः २२ प्रतिशत प्रक्षेपण गरिएको छ । शेयर बजारमा हुने उतार चढावबाट सिर्जना हुने जोखिमको न्युनिकरणको लागि सामूहिक लगानी कोषको योजनामा लगानी गर्नु उचित रहने योजना ब्यवस्थापकको धारणा रहेको छ । व्यक्तिहरु एवं विभिन्न संस्थाहरुले यस योजनाको इकाईमा लगानी गरि धितोपत्रबजारबाट प्राप्त हुने लाभ लिन सकिने छ । निष्काशन गरिएको इकाईहरु बाँडफाँड गरेपश्चात दोस्रो बजारमा कारोबारको लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचिकृत तथा सि.डि.एस. एण्ड क्लियरिङ्ग लिमिटेडमा दर्ता गरी कारोबार गर्ने ब्यवस्था गरिने छ ।
    यस योजनाको इकाईमा आवेदन गर्नका लागि आफ्नो खाता रहेको बैंक वित्तीय संस्थाबाट आस्वा ९ब्क्द्यब्० प्रणालीअन्तर्गत साथै मेरो शेयर अनलाइल प्रणालीमार्फत आवेदन दिन सकिने ब्यवस्था छ । आवेदन गर्दा न्युनतम १,०० इकाई र अधिकत ८०,००,००० इकाईसम्म आवेदन गर्न सकिने व्यवस्था रहेको छ । उक्त निष्काशनमा आवेदन दिन इच्छुक सर्वसाधारण तथा संस्थाहरुले मिति २०७७ फाल्गुन १४ गतेदेखि अन्तिम मिति २०७७ फाल्गुन २८ गतेसम्म आवेदन दिने ब्यवस्था गरिएकोे छ ।

    प्रतिकृया दिनुहोस्