News Portal

  • सेञ्चुरी बैंकको नयाँ शाखारहित बैंकिङ्ग सेवा रुपन्देहीको बगौलीमा

    आर्थीकसंसार संवाददाता५ फागुन, २०७७
    १०८३ पटक
    ५ फागुन, २०७७

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले रुपन्देही जिल्लाको मार्चवारी गाउँपालिकाको बगौलीमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । बैंकले वित्तीय सेवा विस्तार गर्ने क्रममा उक्त स्थानमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनामा ल्याएको हो ।
    उक्त शाखारहित बैंकिङ्ग सेवाको शुभारम्भ मार्चवारी गाउँपालिकाका उपाध्यक्ष सुनिता कलवार जैसवालले गरेकी हुन् । यस सेवाबाट बगौलीलगायतका क्षेत्रका जनताले आधुनिक बैंकिङ्ग सेवा उपयोग गरी उनीहरुको आर्थिक समृद्धिमा समेत लाभ पुग्ने उनले बताइन् ।
    आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिङ्ग सेवा प्रदान गर्दै आएको बैंकले आफ्ना १२० शाखा १० एक्सटेन्सन काउन्टर, २२ शाखारहित बैंकिङ्गर ८८ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्