News Portal

  • ग्लोबल आइएमई बैंकको नयाँ शाखा मनाङमा सञ्चालन

    आर्थीकसंसार संवाददाता३ फागुन, २०७७
    ९८६ पटक
    ३ फागुन, २०७७

    काठमाडौं । ग्लोबल आइएमई बैंकले मनाङ जिल्लाको मनाङ ङिस्याङ गाउँपालिका–४, मनाङ बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २७० पुगेको छ ।
    बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले सातवटै प्रदेश तथा ७५ जिल्लामा २ सय ७० शाखा, २ सय ४२ एटीएम, २ सय ४५ शाखारहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
    त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थव्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ । ‘सबैका लागि बैंक’ भन्ने नारालाई सार्थकता दिँदै बैंकले २२ लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्