काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको ६ महिनामा १० करोड ७८ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको यही अवधिको तुलनामा कम्पनीले ५६.५६ प्रतिशतले नाफा बढाएको हो । गत वर्षको यही अवधिमा ६ करोड ८९ लाख रुपैयाँ नाफा गरेको थियो ।
बीमा शुल्क आर्जन ९२ प्रतिशतले बढेको छ । दोस्रो त्रैमाशिक अवधिमा कम्पनीले एक अर्ब ४४ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यही अवधिमा ७५ करोड १३ लाख रुपैयाँ थियो ।
कम्पनीले बीमा पोलिसी धितोमा राखेर कर्जा प्रदान गर्नुका साथै अन्य विभिन्न क्षेत्रमा लगानी गरेर ११ करोड ११ लाख रुपैयाँ आम्दानी गरेको छ । यस्तो आम्दानी गत वर्षको भन्दा ९३ प्रतिशतले बढेको हो । नाफामा सुधारसँगै कम्पनीको जगेडा कोष थप ४४ प्रतिशतले बढेर ४८ करोड २४ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीले यस वर्ष पोलिसी संख्या ७६ प्रतिशतले बढाएको छ । कम्पनीले १६ हजार ६८६ वटा बीमा पोलिसी बिक्री गर्न सफल भएको छ । यस वर्ष कम्पनीले १५ करोड १७ लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ । गत वर्षको यही अवधिमा १८ लाख तीन हजार रुपैयाँको दाबी भुक्तानी गरेको थियो । यस वर्ष दाबी भुक्तानी ८ गुणाले बढेको छ । नाफामा सुधारसँगै कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँले बढेर १४ रुपैयाँ पुगेको छ ।
ज्योति लाइफको एक अर्ब ४४ करोड रुपैयाँको बीमा शुल्क आर्जन
आर्थीकसंसार संवाददाता१७ माघ, २०७७
१७ माघ, २०७७- मिरा बायोटेकले आईपीओ जारी गर्ने, एलिट क्यापिटलसँग गर्यो सम्झौता
- स्थापना दिवसको अवसरमा ओरिएण्टल इन्स्योरेन्सको रक्तदान कार्यक्रम सम्पन्न
- रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले मनायो सातौं वार्षिकोत्सव
- मुलुक र जनता लाभान्वित हुने गरी काम गर्न आयोगलाई ऊर्जामन्त्रीको निर्देशन
- हिमालयन लाइफद्वारा मृत्यु दाबी भुक्तानी
- कुमारी बैंकको ‘तीजको शुभकामना’ क्यास ब्याक योजना
- एनसेलबाट रकम असुली गर्नुपर्दैन ? : सांसद भण्डारी
- मेट लाइफको एपमा क्यामेराको प्रयोग गरी आफ्नो स्वास्थ अवस्था बुझ्न सकिने
- मुक्तिनाथ बैंकका ग्राहकलाई ‘त्रिशूली बीच रिर्सोट’मा १५ प्रतिशतसम्म छुट
- बीमा व्यवसायीले भने- सञ्चालकको सेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक