काठमाडौं । युनाईटेड इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार सो कम्पनीको मुनाफा ६० प्रतिशतले बृद्धि भएको छ भने बीमा शुल्क आम्दानी उल्लेख्य रुपमा बढेको छ ।
कम्पनीको खुद बीमा शुल्क आम्दानी ३७ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आवमा २३ करोड सात लाख ५२ हजार रुपैयाँ खूद बीमा शुल्क आर्जन गरेको कम्पनीले गत आवमा ३१ करोड ८० लाख २२ हजार २६० रुपैयाँ आर्जन गरेको छ । गत आवमा कम्पनीले बीमा व्यवसाय आठ करोडले थप विस्तार गर्न सफल भए पनि सर्वोच्च अदालतमा चलेको मुद्दाको कारण केही रकम प्रोभिजनमा परेपछि मुनाफा खुम्चिएको हो ।
युनाईटेड इन्स्योरेन्सले जगेडा कोष, बीमा कोष तथा महाविपत्ति कोष समेतमा गरी कूल ३९ करोड एक लाख २७ हजार ३१० रुपैयाँ जम्मा गरेको छ । यसअघि कोषमा जम्मा ३२ करोड ५७ लाख रुपैयाँ थियो । सो कम्पनीको कोषको आधार निकै ठूलो बनाउन सफल भएको छ । युनाईटेड इन्स्योरेन्स कम्पनीको व्यवस्थापन खर्च सामान्य बृद्धि भएको छ । कम्पनीले गत आवमा १६ करोड ७७ लाख ४९ हजार ७९० रुपैयाँ खर्च गरेको छ । अघिल्लो आवको तुलनामा जम्मा २४ प्रतिशतले बढी हो ।
युनाईटेड इन्स्योरेन्सको दावी भुक्तानी ३२ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष १९ करोड दावी भुक्तानी गरेको कम्पनीले चालु आवमा जम्मा १२ करोड ८३ लाख मात्रै भुक्तानी गरेको छ । कोरोना महामारीको कारण बीमा सवारी साधन तथा अन्य उद्योग कलकारखाना नचलेपछि बीमा प्रायः सबै बीमा कम्पनीहरुको दावी भुक्तानी घटेको छ । युनाईटेड इन्स्योरेन्स कम्पनीको पनि करिब छ करोड रुपैयाँ दावी भुक्तानी घटेको हो ।
एक अर्ब दुई करोड ८१ लाख ६० हजार चुक्ता पुँजी रहेको कम्पनीको प्रतिशेयर आम्दानी ३.३२, मूल्य आम्दानी अनुपात १११.५३, प्रतिशेयर नेटवर्थ १३७.९४, प्रतिशेयर कूल सम्पत्तिको मूल्य २३५.७१ रहेको छ ।
युनाईटेड इन्स्योरेन्सको मुनाफामा ६० प्रतिशतले बृद्धि
आर्थीकसंसार संवाददाता३२ साउन, २०७७
३२ साउन, २०७७- राष्ट्रिय वाणिज्य बैंकको एक शाखा एक एटीएम, सञ्चालन गर्दै एकैपटक ५० वटा मेसिन
- प्रभु बैंक गण्डकी प्रदेशद्वारा साना मझौला उद्यम तथा उपभोक्ता ऋण केन्द्रको उद्घाटन
- नेशनल लाइफको अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न
- मुक्तिनाथ विकास बैंक र साउथवेस्ट्रन बिजनेस कलेजबीच समझदारी, बैंकिङ साक्षरताबाट रोजगारी दिने
- सांग्रिला डेभलपमेन्ट बैंक र सेन्ट लरेन्स कलेजबीच सहकार्य
- हुलदङ्गाबाट भएको क्षतिको बीमा दाबी चाँडो फछ्र्यौट गर्न प्राधिकरणको निर्देशन
- ‘राष्ट्र बैंकको इतिहासमा महत्त्वपूर्ण इँटा थपेँ, मूल्याङ्कन तपाईंहरू गर्नूस्’: गभर्नर महाप्रसाद अधिकारी
- सप्तकोशी डेभलपमेन्ट बैंकको संस्थापक शेयर सर्वसाधरणमा बिक्री खुला
- ज्योति विकास बैंकले सुदूरपश्चिमका दुर्गम स्थानमा दियो बेबी वार्मर
- औद्योगिक क्षेत्रमा नियमित विद्युत् आपूर्ति हुन थालेपछि उद्योगी उत्साहित