काठमाडौं । नेपाल बैंकले दोलखाको जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर खोलेको छ । बैंकले माघ ७ गतेबाट आफ्नो ३९औं एक्स्टेन्सन काउण्टर दोलखा चरिकोटस्थित जिल्ला प्रशासन कार्यालयको परिसरबाट सुरु गरेको हो ।सो एक्स्टेन्सन काउण्टरको उद्घाटन दोलखा जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद शिवाकोटीले गरेका हुन् । सो अवसरमा उनले बैंकको यस एक्स्टेन्सन काउण्टरबाट राहदानी लिन जिल्ला प्रशासान कार्यालयमा आउने, मालपोत एवं नापी कार्यालय, भीमेश्वर नगरपालिका कार्यालयलगायतमा आउने सेवाग्राहीले अझ छिटो, छरितो सेवा पाउने विश्वास व्यक्त गर्दै बैंकले प्रदान गर्दै आईरहेका सेवा सुविधामा अझै समसामयिक सुधार गर्न सुझाव समेत दिए । सो अवसरमा बैंकको चरिकोट शाखाका शाखा प्रबन्धक सुरेन्द्र श्रेष्ठले जनताको सेवाको लागि यो एक्स्टेन्सन काउण्टरको सुरुवात गरेको र आधुनिक प्रविधिसमेतको प्रयोग गर्दै सेवाग्राहीलाई छिटो, छरितो सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे । सुरुमा राजश्व संकलनको मात्रै काम हुने भएता पनि विस्तारै सबै सेवाविस्तार गर्दै लगिने जानकारी समेत दिए ।
बैकले देशभर रहेका २०४ शाखा, ३९ वटा एक्स्टेन्सन काउण्टर, १४२ वटा एटिएम तथा अन्य विभिन्न माध्ययमबाट समेत आफ्नो बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।
नेपाल बैंकको नयाँ एक्स्टेन्सन काउण्टर जिप्रका दोलखामा
आर्थीकसंसार संवाददाता९ माघ, २०७७
९ माघ, २०७७- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- नबिल बैंकको नगद लाभांश घोषणा
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न