News Portal

  • शेयरधनीलाई बैंक खाता अद्यावधिक गर्न लुम्बिनी बैंकको आग्रह

    आर्थीकसंसार संवाददाता८ माघ, २०७७
    ९६९ पटक
    ८ माघ, २०७७

    काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकको गत पुस २६ गते सम्पन्न वार्षिक साधारणसभाले पारित गरेको ३ प्रतिशत नगद लाभांश बैंक खातामा जम्मा गरिदिने भएकाले खाता अद्यावधिक गर्न आग्रह गरेको हो ।
    पुस १३ गतेसम्म हितग्राही खाता अद्यावधिक गराएका शेयरधनीहरुलाई पनि बैंक खातामा नै नगद लाभांश जम्मा गरिने बैंकले जनाएको छ । बैंक खाता गलत भएर रकम अनेत्र जम्मा हुन गएमा शेयरधनी स्वयम जिम्मेवार हुनुपर्ने भएकाले बैंकको शेयर रजिष्ट्रार मुक्तिनाथ क्यापिटल लिमिटेडमा सम्पर्क राख्न बैंकले आग्रह गरेको छ ।
    गत पुस १३ गतेसम्म कायम शेयरधनीहरुले आफ्नो शेयर प्रमाणपत्रहरु धितोमा राखि कर्जा सुविधा प्रयोग गर्दै आएका शेयरधनीलाई बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र प्राप्त भएपश्चात मात्र बैक खातामा नगद लाभांश जम्मा गरिने जनाएको छ ।
    अद्यावधिक गर्न बाँकी शेयरधनीहरुको हकमा आफूले हितग्राही खाता खोलेको सम्बन्धित निक्षेप सदस्यमा सम्पर्क गरी नेपाल क्लियरिङ्ग हाउसको आईपीएस सदस्यता प्राप्त आफ्नो कुनै पनि बैंक तथा वित्तीय संस्थाको खाता नम्बर अपडेट गर्न आग्रह गरेको हो ।

    प्रतिकृया दिनुहोस्