News Portal

  • सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको सार्वजनिक निष्काशनको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड नियुक्त

    आर्थीकसंसार संवाददाता८ माघ, २०७७
    १००२ पटक
    ८ माघ, २०७७

    काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई सार्वजनिक निष्काशन गर्नको लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । दाङ जिल्लामा अवस्थित यस कम्पनी पश्चिम नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उत्पादक कम्पनी हो । यस कम्पनीेसँग उच्चस्तरीय र गुणस्तरीय चुनढुङ्गा छन् ।
    उक्त सम्झौतामा निपेश तायल (प्रबन्धक सञ्चालक, सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड),मेखबहादुर थापा (नायव प्रमुख कार्यकारी अधिकृत, एनआईबिएल एस क्यापिटल लिमिटेड) र सचिन्द्र ढुंगाना(सहायक महाप्रबन्धक, एनआईबिएल एस क्यापिटल लिमिटेड)ले मिति २०७७ माघ ०७ गते हस्ताक्षर गरेका छन् । यस कम्पनीले २ करोड कित्ता शेयर स्थानीय बासिन्दाहरु तथा सर्वसाधारणलाई सार्वजनिक निष्काशन गर्ने निर्णय गरेको छ ।

     

    प्रतिकृया दिनुहोस्