News Portal

  • राबा बैंकको ५६औं वार्षिकोत्सव रक्तदान गरी सम्पन्न

    आर्थीकसंसार संवाददाता५ माघ, २०७७
    ५४८ पटक
    ५ माघ, २०७७

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको आफ्नो ५६औं वार्षिकोत्सव सम्पन्न भएको छ । सोमबार सिंहदरबार प्लाजा, काठमाडौंमा रक्तदान कार्यक्रमको आयोजनाको साथ बैंकको ५६औं वार्षिकोत्सव सम्पन्न भएको हो ।
    डिजिटल युगमा प्रवेश गरेसँगै कुन बैंकले डिजिटल माध्यमबाट कसरी गुणस्तरीय सेवा प्रवाह गर्ने भन्नेमा प्रतिस्पर्धा भइरहेको बेला राष्ट्रिय वाणिज्य बैंकले आपूm डिजिटल माध्यमबाट नयाँ सेवामा गइरहेको बताएको छ । खासगरी कोभिड–१९ को संक्रमणपछि लेस क्यास ट्रान्जेक्शन गर्दै डिजिटलको माध्यमबाट कारोबार अगाडि बढाउने र यसलाई निरन्तरता दिने राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए । जस्तोसुकै विषम परिस्थितिमा पनि बैंकिङ कारोबारलाई सुचारु राख्ने तथा वैकल्पिक माध्यम अपनाएर भए पनि बैंकका गतिविधि अगाडि बढाउने उनको भनाई छ ।
    ग्राहकलाई नयाँ सेवा सहजतरीकाले कसरी दिने भन्नेमा राष्ट्रिय वाणिज्य बैंक गम्भीर रहेको उपकार्यकारी अधिकृत सरस्वती अधिकारीले बताए । कम ब्याजमा कर्जा दिने तथा निपेक्षकर्तालाई बढी ब्याज दिएर बैंक ग्राहक पहुँचको पहिलो नम्बरमै रहेको उनको भनाइ छ । देशविदेशमा रहेका नेपालीहरु माझ डिजिटल माध्यमबाट पुग्ने तथा नयाँ सेवामा जाने प्रयासमा रहेको उनले बताए ।
    गाउँगाउँमा वित्तीय पहुँच पुर्याउन बैंक डिजिटल प्रणालीमार्फत क्यासलेस ट्रान्जेक्शनलाई बढी प्राथमिकता दिएर अघि बढेको बैंकका ब्रान्च अपरेशन विभागका प्रमुख सरोज बस्नेत बताउँछन् ।

    प्रतिकृया दिनुहोस्