News Portal

  • सूर्या लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा देवकोटा नियुक्त

    आर्थीकसंसार संवाददाता२७ पौष, २०७७
    ६७० पटक
    २७ पौष, २०७७

    काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको स्वतन्त्र सञ्चालकमा चुडामणि देवकोटा नियुक्त भएका छन् । पुस २६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले कम्पनीको रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा देवकोटालाई नियुक्त गरेको हो ।
    यससँगै नवनियुक्त सञ्चालक देवकोटाले पुस २६ गतेदेखि नै उक्त पदको कार्यभार सम्हाल्ने छन् ।
    यसअघि कम्पनीको स्वतन्त्र सञ्चालक पदमा गंगाप्रसाद शर्मा रहेका थिए । उनले दिएको राजीनामालाई कम्पनी सञ्चालक समितिले पुस २६ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको हो । कम्पनीको सञ्चालक समितिको बैठकले पुस २६ गते दिउँसो ३ बजे बसेको थियो ।

    प्रतिकृया दिनुहोस्