News Portal

  • माछापुच्छ्र्रे बैंक र सिप्रदी ट्रेडिङ्ग प्रालिबीच सम्झौता

    आर्थीकसंसार संवाददाता२४ पौष, २०७७
    ७६० पटक
    २४ पौष, २०७७

    काठमाडौं । माछापुच्छ्र्रे बैंक र सिप्रदी ट्रेडिङ्ग प्रालिका ग्राहकहरुले टाटा ब्रान्डका कर्मसियल र सेमिकर्मसियल (Heavy and Light Commercial Vehicle) खरिदमा माछापुच्छ्रे बबैंक लिमिटेडले सहुलियतदरमा कर्जा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिप्रदी ट्रेडिङ्ग प्रालिको तर्फबाट अध्यक्ष राजनबाबु श्रेष्ठ तथा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गर्नुभएको थियो । सम्झौताअनुसार माछापुच्छ्रे बैंकले देशभर रहेका आफ्ना शाखा कार्यालयहरुमार्फत सिप्रदी ट्रेडिङ्गका देशभर रहेका डिलरबाट टाटा ब्रान्डका नयाँ कर्मसियल र सेमिकर्मसियल खरिद गर्न चाहने ग्राहकहरुलाई सहज र सरल रुपमा सेवा प्रदान गर्नेछ ।
    स्थापनाकालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहक माझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक लि. पुर्वदेखि पश्चिम साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु, १४८ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टरसमेत गरी जम्मा ३१३ स्थानमा रहेका सेवा सञ्जाल तथा १९९ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस मेसिनमार्फतबाट ग्राहक महानुभावहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्