काठमाडौं । जेसीबीको सहज फाइनान्सिङको लागि नेपालका लागि जेसीबी ब्रान्डका निर्माण तथा हेभी उपकरणहरुको आधिकारिक बिक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले आफ्ना ग्राहकलाई सहज फाइनान्सिङको सुविधा दिन शुक्रबार मेगा बैंकसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।
जेसीबी इन्डिया लिमिटेडका कन्ट्री हेड विरेन्दर भारद्वाजको उपस्थितिमा भएको समारोहमा एमएडब्लु अर्थमुभर्सका तर्फबाट अध्यक्ष विष्णु कुमार अग्रवाल र मेगा बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेलीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
योसँगै देशभरिका जेसीबीका ग्राहकले आफ्नो आर्थिक समाधानका लागि मेगा बैंकले विशेष सुविधा उपभोग गर्न पाउने छन् । ‘सहमतिपछि दुवै संस्थाले ग्राहकको हितलाई ध्यानमा राखेर देशभर फैलिएका आफ्ना शाखाहरुमार्फत सेवा प्रदान गर्नेछौं,’ एमएडब्लु अर्थमुभर्सका अध्यक्ष विष्णुकुमार अग्रवालले भने, ‘यो साझेदारीपछि ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरेर उहाँहरुलाई सन्तुष्ट बनाउने साझा लक्ष्य हासिल गर्न हामी सक्षम हुनेमा विश्वस्त छु । जेसीबी नेपालकै सबैभन्दा विश्वासिलो निर्माण तथा हेभि उपकरण ब्रान्ड हो जसकाकारण हाम्रो बजार हिस्सा ५० प्रतिशतभन्दा बढी छ । र यसमा हामी गर्व गर्छौं ।’
त्यसैगरी, नेपालका लागि जेसीबी इन्डिया लिमिटेडका कन्ट्री हेड विरेन्दर भारद्वाजले एमएडब्लु अर्थमुभर्स जेसीबीको सर्वोत्कृष्ट डिलरमध्ये पर्ने बताए । ‘नेपाली बजारको मागलाई ध्यानमा राखेर सहज र शक्तिशाली मेसिनहरु र विक्रीपछिको सेवाउपलब्ध गराएकै कारणले एमएडब्लु अर्थमुभर्स उत्कृष्ट डिलर बन्न सफल भएको हो,’ उनले भने, ‘नेपाल सडक, हाइड्रो, सिमेन्ट र खानीमा ठूलो सम्भावना भएको विकासशील मुलुक हो । अहिले यहाँ पूर्वाधार विकासको कार्य तीव्र गतिमा अघि बढिरहेको छ ।’ ‘हामीलाई विश्वास छ, देश विकासमा एमएडब्लु अर्थमुभर्सले साझेदारीको भूमिका निर्वाह गर्ने छ किनभने गुणस्तरीय पूर्वाधार विकासका लागि सोहीअनुरुपको गुणस्तरीय मेसिनहरुको आवश्यकता पर्छ जुन जेसीबी उपलब्ध गराउँदै आएको छ,’ उनले भने, ‘निर्माण तथा हेभी उपकरण व्यापारमा रिटेल फाइनान्सिङको महत्व धेरै हुन्छ । मलाई विश्वास छ मेगा बैंकसँगको नयाँ साझेदारीले देशको विभिन्न भागमा रहेका जेसीबीका ग्राहकलाई गुणस्तरीय सेवा एमएडब्लु सक्षम हुनेछ ।’
मेगा बैंक र एमएडब्लुबीच सम्झौता
आर्थीकसंसार संवाददाता२४ पौष, २०७७
२४ पौष, २०७७- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो