काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको दाङ्ग शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले लमही ५ दाङ्ग निवासी स्व कमल नेपालीका परिवारलाई मृत्यु दावी भुक्तानीको चेक हस्तान्तरण गरेको हो ।
कम्पनीले बिहीबार दाङ्गको लमहीमा मृतकको घरमै पुगी मृतककी श्रीमती पुनम परिवारलाई ८ लाख ६६ हजार रुपैयाँको चेक कम्पनीका दाङ्ग शाखा प्रमुखले चेक हस्तान्तरण गरेका थिए । मृतक कमल नेपालीको गत कार्तिकमा ट्रक दुर्घटनामा परि निधन भएको थियो । निजले ४ लाखको बीमा गरि ३ बर्षमा ८० हजार विमा शुल्क जम्मा गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि लमही ५ का जनप्रतिनिधि वडा नं. ५ का अध्यक्ष बिनबहादुर केसीसहित अभिकर्ता, कर्मचारी, स्थानीय सञ्चारकर्मी तथा मृतकका परिवार आफन्तको उपसथिति रहेको थियो ।
कम्पनीका शाखा प्रवन्धक केशवराज गिरीले बीमा कम्पनी सामाजिक सेवा प्रदायक सस्ंथा भएकाले वचत मात्र नभई भविष्यमा आईपर्ने जोखिम हस्तान्तण गर्ने भरपर्दो माध्यम भएको र सोहीअनुसार यस कम्पनीले प्रभावकारी रुपमा दावी भुक्तानी गर्दै आएको जानकारी गराएका थिए । कार्यक्रमको अध्यक्षता दाङ्ग शाखाका शाखा प्रवन्धक केशवराज गिरीले गरेका थिए भने कार्यक्रम संचालन दाङ्ग शाखाका अपरेसन ईन्र्चाज बसन्त भुसालले गरेका थिए ।
एशियन लाइफद्वारा मृत्यु बीमा दाबी भुक्तानी
आर्थीकसंसार संवाददाता१९ पौष, २०७७
१९ पौष, २०७७- सानिमा रिलायन्सले कर्मचारीको ज्ञान र क्षमता विकास गर्न गर्यो प्रशिक्षण कार्यक्रम
- राष्ट्रिय वाणिज्य बैंकद्वारा बाढीपहिरो र डुबानबाट प्रभावित तथा पीडितको सहायताका लागि दुई करोड रुपैंया आर्थिक सहयोग प्रदान
- लाभांश वितरण गर्दै फरवार्ड माइक्रोफाइनान्स
- ज्योति विकास बैंकका ग्राहकलाई चितवनको जंगल भिल्ला रिसोर्टमा छुट
- सन नेपाल लाइफ इन्स्योरेन्सको लगनखेल शाखा स्थानान्तरण
- बाढी-पहिरो पीडितलाई सहयोग गर्न एमाले सांसदहरूले आधा महिनाको पारिश्रमिक दिने
- नख्खु बाढीमा पसी बगाएकालाई बचाउने तामाङलाई प्रभु महालक्ष्मी लाइफको सम्मान
- मजदुरबाट आफ्नै सफारीको मालिक बने १० परिवार
- आईसीएफसी फाइनान्सका ग्राहकलाई बुद्ध एयरमा आकर्षण छुट
- सिटिजन लाइफका कर्मचारीलाई व्यक्तित्व विकास तालिम