News Portal

  • प्राइम बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    आर्थीकसंसार संवाददाता१९ पौष, २०७७
    ४७९ पटक
    १९ पौष, २०७७

    काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि पौष २० गते एकदिन बुक क्लोज गरेको छ । जसका कारण आजसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरुले मात्र साधारणसभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
    बैंकको पौष ७ गते मंगलबार सम्पन्न सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको १३औं वार्षिक साधारणसभा पौष २९ गते, बुधबार, बैंकको केन्द्रिय कार्यालय, काठमाडौंमा बिहान १० बजेदेखि भर्चुअल माध्यमबाट सञ्चालन हुने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्