काठमाडौं । नेपाल भेन्टिलेटर बैंकले सय दिनमा एक हजार भेन्टिलेटर उपलब्ध गराउने अभियानमा साथ दिएको फोनपे पेमेन्ट सर्विस लिमिटेडले सहयोग रकम हस्तान्तरण गरेको छ । यस अभियानअन्र्तगत फोन पे नेटवर्कबाट अन्तरबैंक कारोबार गर्दा प्रति कारोबार रू. एक छुट्याइएको थियो । यसरी छुट्याइएको ५ लाख ९१ हजार ६ सय ७ रूपैयाँ नेपाल भेन्टिलेटर बैंकलाई उपलब्ध गराइएको हो ।
सहयोग रकम एफवान सफ्ट इन्टरनेशनलका अध्यक्ष विश्वास ढकालले भेन्टिलेटर बैंकका अध्यक्ष निरञ्जन श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो । भेन्टिलेटर बैंकलाई सहयोग गर्नका लागि भाद्र १ गतेदेखि एक महिनासम्म यो अभियान लागु गरिएको थियो । एफवान सफ्ट गु्रपका अध्यक्ष विश्वास ढकालले भन्नुभयो ‘यो विषम परिस्थितिमा भेन्टिलेटरको अभावका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले भेन्टिलेटर बैंकलाई थोरै भए पनि सहयोग गर्न पाउँदा हामी अत्यन्तै हर्षित छौं ।
फोनपे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली अपरेटर हो । फोनपे नेटवर्कमा ५२ वटा बैक तथा वित्तीय संस्था आवद्ध छन् भने एक लाख ६० हजार बढी मर्चेन्ट रहेका छन् । ११ लाख मोबाईल बैंकिङ प्रयोगकर्ता तथा ३२ लाख बढी भुक्तानी सेवा प्रदायकका मोबाईल एप्स्मार्फत यसले सेवा प्रदान गर्दै आएको छ । फोनपे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’ पीसीआइ डिएसएस भि थ्रिटुवान प्रमाणीकरण प्राप्त संस्था हो ।
६० भेन्टिलेटरलगायतका सघन उपचारका उपकरणहरूको साथ नेपाल भेन्टिलेटर बैंकले १७ जिल्लामा सरकारी, सामुदायिक र निजी अस्पतालहरूलाई सेवा प्रदान गर्दै आएको र १००० भन्दा बढी व्यक्तिको ज्यान बचाउन सहयोग गरेको छ । प्रत्येक प्रदेशमा शाखा कार्यालय स्थापना गर्ने उद्देश्यले नेपाल भेन्टिलेटर बैंकले भर्खरै गण्डकी प्रदेश, पोखरामा आफ्नो पहिलो प्रदेश कार्यालय सुरू गरिसकेको छ ।
फोन पेमार्फत नेपाल भेन्टिलेटर बैंकलाई आर्थिक सहयोग
आर्थीकसंसार संवाददाता१६ पौष, २०७७
१६ पौष, २०७७- सानिमा रिलायन्सले कर्मचारीको ज्ञान र क्षमता विकास गर्न गर्यो प्रशिक्षण कार्यक्रम
- राष्ट्रिय वाणिज्य बैंकद्वारा बाढीपहिरो र डुबानबाट प्रभावित तथा पीडितको सहायताका लागि दुई करोड रुपैंया आर्थिक सहयोग प्रदान
- लाभांश वितरण गर्दै फरवार्ड माइक्रोफाइनान्स
- ज्योति विकास बैंकका ग्राहकलाई चितवनको जंगल भिल्ला रिसोर्टमा छुट
- सन नेपाल लाइफ इन्स्योरेन्सको लगनखेल शाखा स्थानान्तरण
- बाढी-पहिरो पीडितलाई सहयोग गर्न एमाले सांसदहरूले आधा महिनाको पारिश्रमिक दिने
- नख्खु बाढीमा पसी बगाएकालाई बचाउने तामाङलाई प्रभु महालक्ष्मी लाइफको सम्मान
- मजदुरबाट आफ्नै सफारीको मालिक बने १० परिवार
- आईसीएफसी फाइनान्सका ग्राहकलाई बुद्ध एयरमा आकर्षण छुट
- सिटिजन लाइफका कर्मचारीलाई व्यक्तित्व विकास तालिम