News Portal

  • नेपाल बैंकबाट कर्मचारी सञ्चय कोषको कर्जा तिर्न सकिने

    आर्थीकसंसार संवाददाता१५ पौष, २०७७
    ६६४ पटक
    १५ पौष, २०७७

    काठमाडौं । नेपाल बैंकबाट कर्मचारी सञ्चय कोषका ऋणीहरुले लिएको कर्जाको साँवा, ब्याज तथा किस्ता रकम तिर्न सकिने भएको छ । बैंकले लागु हुने गरी सो सेवा सुरु गरेको हो ।
    नेपाल बैंकका देशभरका सम्पूर्ण २०३ शाखा तथा ३८ वटा एक्स्टेन्सन काउण्टरबाट यो सुविधा लिन सकिने बैंकले जनाएको छ । बैंकमार्फत कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले मासिक सञ्चित रकम जम्मा गर्दै आईरहेकोमा अव उप्रान्त कर्जा भुक्तानीको सुविधासमेत उपलब्ध गराइएको बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्