काठमाडौं । सिमरामा समताको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । होटल क्लासिक, सिमरा बारामा कम्पनीको सातौं वार्षिक साधारणसभा भएको हो । सभा संस्थाका अध्यक्ष डम्मरमणी थेवे लिम्वुको सभाध्याक्ष, जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमूख डा. कृष्णप्रसाद पौडेलको प्रमुख आतिथ्य र आन्तरिक राजस्व कार्यालय, सिमरा, बाराका प्रमुख कर अधिकृत नारायणप्रसाद भण्डारीको विशेष आतिथ्यतामा सम्पन्न भएको हो ।
उक्त सभाले आफ्नो शेयरधनीहरुको लागि आर्थिक वर्ष २०७६/०७७ सम्मको वितरणयोग्य मुनाफाबाट २०७७ आषाढ मसान्तमा कायम कुल चुक्ता पुँजी १९ करोड ११ लाख १६ हजार ८ सय को २० प्रतिशत बोनस शेयर र ६ दशमलव ३२ प्रतिशत नगद लाभांस (कर सहित) दिने निर्णय पारित गरेको छ ।
साथै बनेपा, काभ्रेपलाञ्चोकमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडसँग शेयर आदानप्रदान दर (स्वाप रेसियो) १००ः८० (समताःघरेलु) कायम हुने गरी गााभ्ने गाभिने (मर्जर)सम्वन्धीे विशेष प्रस्ताव समेत सभाले पारित गरेको छ ।
संस्थाका अध्यक्ष डम्मरमणी थेवे लिम्वुद्वारा आर्थिक वर्ष २०७६/०७७ को लेखापरीक्षण प्रतिवेदन सहितको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने आर्थिक वर्ष २०७७/०७८ को बार्षिक कार्यक्रम तथा बजेट संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरेले प्रस्तुत गरेकोे थियो । कार्यक्रमको संचालन संस्थाका प्रवन्धक/कम्पनी सचिव विश्वराज श्रेष्ठले गरेको थियो ।
समता लघुवित्तको लाभांश प्रस्ताव पारित
आर्थीकसंसार संवाददाता१४ पौष, २०७७
१४ पौष, २०७७- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?