News Portal

  • सेन्ट्रल फाइनान्सले उच्च लाभांश दिने

    आर्थीकसंसार संवाददाता१३ पौष, २०७७
    १६८१ पटक
    १३ पौष, २०७७

    काठमाडौं । सेन्ट्रल फाइनान्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । फाइनान्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभांश घोषणा गरेको हो । जुन गत तीन वर्ष यताकै उच्च लाभांशदर हो ।
    पुस १२ गते बसेकोे कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट चुक्ता पुँजीको ७ प्रतिशत बोनस र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा फाइनान्सको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।
    हाल फाइनान्सको चुक्ता पुँजी ८२ करोड ३३ लाख रुपैयाँ रहेको छ । ७ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ८८ करोड ९ लाख रुपैयाँ पुग्ने छ । उक्त प्रस्तावित लाभांश गत तीन आव यताकै उच्च हो । फाइनान्सले आर्थिक वर्ष २०७५/७६ र आर्थिक वर्ष २०७४/७५ को नाफाबाट चुक्ता पुँजीको ७/७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । त्यस्तै, संस्थाले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट सेयरधनीलाई ८.७७ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

    प्रतिकृया दिनुहोस्