काठमाडौं । सिप्रदी ट्रेडिङ्गको गाडी किन्न राष्ट्रिय वाणिज्य बैंकले सहुलियतपूर्ण सवारी कर्जा दिने भएको छ । राष्ट्रिय वाणिज्य बैंक र सिप्रदी ट्रेडिङ्गबीच सोमबार सहुलियतपूर्ण तथा सवारी कर्जा लगानी गर्ने सम्बन्धमा दुईवटा अलगअलग सम्झौता भएको हो ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले हस्ताक्षर गरेका छन् । दुई कम्पनीबीचको पहिलो सम्झौता सहुलियतपूर्ण कर्जा लगानीसम्बन्धी रहेको छ । यस सम्झौताअनुसार टाटा कम्पनीका व्यापारिक सवारी साधन खरीद गरेर व्यवसाय गर्न चाहने उद्यमीहरुलाई सिप्रदी ट्रेडिङ्गले आफ्नो तालिम केन्द्रमा आवश्यक तालिम प्रदान गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने र सोही उद्यमीहरुलाई बैंकले व्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ ९संशोधन समेत०अन्तर्गत नियमानुसार सहुलियपूर्ण कर्जा लगानी गर्ने बैंकले जनाएको छ । यस्तै दोस्रोे सम्झौता नीजि तथा व्यापारिक सवारी कर्जा लगानीसम्बन्धी रहेको छ । यस सम्झौता अनुसार टाटा कम्पनीका नीजि तथा व्यापारिक सवारी साधन सिप्रदी ट्रेडिङ्गमार्फत खरीद गर्न चाहने ग्राहकलाई बैंकले नियमानुसार कर्जा लगानी गर्ने बैंकले जनाएको छ ।
समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको प्रतिस्पर्धी क्षमता बृद्धि गर्नको लागि ठूला व्यापारिक संस्थाहरुसँगको सहकार्य फलदायी हुने बताए । सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले यस्तो सम्झौताले व्यक्तिको आयस्तर बढ्नुका साथै देशको अर्थतन्त्र उकास्न टेवा पुग्ने बताए । उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले सम्झौताले दुबै संस्थाको व्यवसाय बृद्धिमा सघाउ पुग्ने बताए ।
राष्ट्रिय वाणिज्य बैंकले सिप्रदीको गाडी किन्न सहुलियतपुर्ण सवारी कर्जा दिने
आर्थीकसंसार संवाददाता१३ पौष, २०७७
१३ पौष, २०७७- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो