News Portal

  • माछापुच्छ्रे बैंकको मुनाफामा भारी गिरावट

    आर्थीकसंसार संवाददाता३० साउन, २०७७
    ४६३ पटक
    ३० साउन, २०७७

    काठमाडौं । माछापुच्छ्रे बैंकको मुनाफामा कोरोनाको असरलगायतका कारणबाट भारी गिरावट आएको छ । बैंकको मुनाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २५ प्रतिशत गिरावट आएको छ । गत वर्षको अपरिस्कृत वित्तीय विवरणअनुसार बैंकको मुनाफा अघिल्लो आवको तुलनामा ४० करोड रुपैयाँले घटेर एक अर्ब २५ करोडमा सीमित भएको छ ।
    बैंकको प्रोभिजन ११ करोडबाट बढेर ६० करोड पुगेको छ । अन्तिम त्रैमासमा मात्रै बैंकको प्रोभिजन ३५ करोड ७६ लाख रुपैयाँ छ । बैंकमा कोरोनाको प्रत्यक्ष असर परेको देखिएको छ । समीक्षा अवधिमा बैंकले ३ अर्ब ८६ करोड रुपैयाँ खुद ब्याज आम्दान गरेको छ जुन गत वर्षको तुलनामा ३२ करोड रुपैयाँले धेरै हो । त्यस्तै बैंकले सेवा क्षेत्रबाट प्राप्त आम्दानी समेत उल्लेख्य बृद्धि भएको छ ।
    माछापुच्छ्रे बैंकको निक्षेप संकलन गत आवमा ८५ अर्ब १९ करोड रुपैयाँ थियो । गत वर्ष बढेर १ खर्ब ४ अर्ब ९ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी ७५ अर्ब ९ करोड रुपैयाँबाट बढेर ९२ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । बैंकको जगेडा कोष २ अर्ब १४ करोड रुपैयाँ छ । कोष पनि बृद्धि भएको हो । बैंकको प्रति शेयर आम्दानी २० रुपैयाँ ६ पैसाबाट घटेर १४ रुपैयाँ ८० पैसामा झरेको छ भने प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ८० पैसा र मूल्य आम्दानी अनुपात १४.८६ गुणा छ ।
    बैंकको वितरणयोग्य मुनाफासमेत घटेको छ । वित्तीय विवरणअनुसार बैंकको वितरणयोग्य नाफा ९० करोड ८२ लाख रुपैयाँ छ । बैंकको खराब कर्जा अनुपात ०.५४ प्रतिशत, ब्याज आधार दर ९.२१ प्रतिशत, स्प्रेड दर ४.३६ प्रतिशत, सिसिडि रेशियो ७३.८१ प्रतिशत, पुँजीकोष अनुपात १३ प्रतिशत र कोषको लागत ६.७१ प्रतिशत छ ।

    प्रतिकृया दिनुहोस्