News Portal

  • मुक्तिनाथ बैंक र ट्रमा सेन्टरबीच छुटसम्बन्धी सम्झौता

    आर्थीकसंसार संवाददाता७ पौष, २०७७
    १५४९ पटक
    ७ पौष, २०७७

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले पोखरास्थित मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टरसँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टरका अध्यक्ष रमेशकुमार थापा र मुक्तिनाथ विकास बैंकका गण्डकी प्रदेश प्रमुख बाबुराम ढकालले हस्ताक्षर गरे ।
    सम्झौतापछि मुक्तिनाथ बैंकका ग्राहकहरुलाई मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टरको विभिन्न सेवाहरुमा १० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्