काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ३५.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
पुस ६ गते सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ३३.५ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.७३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो लाभांश पाउने छन् ।
सो प्रस्तावित लाभांश गत दुई वर्षयताकै उच्च हो भने बोनसदर हालसम्मकै उच्च हो । बैंकले आर्थिक वर्ष २०७५/७६ र आर्थिक वर्ष २०७४/७५ को नाफाबाट सेयरधनीलाई बराबर ३४ प्रतिशत लाभांश (१२ प्रतिशत बोनस र २२ प्रतिशत नगद) वितरण गरेको थियो ।
हाल बैंकको चुक्ता पुँजी १० अर्ब ८ करोड रुपैयाँ छ । प्रस्तावित ३३.५ प्रतिशत बोनस सेयरपछि बैंकको चुक्ता पुँजी भने बोनस सेयर वितरणपछि १३ अर्ब ४५ करोड रुपैयाँ नाघ्ने छ । दोस्रो बजारमा बैंकको सेयर मूल्य प्रतिकित्ता १२३१ रुपैयाँ रहेको छ भने बजार पुँजीकरण एक खर्ब २४ अर्ब रुपैयाँ रहेको छ ।
नबिल बैंकले उच्च लाभांश घोषणा गर्यो
आर्थीकसंसार संवाददाता६ पुस, २०७७
६ पुस, २०७७- सानिमा रिलायन्सले कर्मचारीको ज्ञान र क्षमता विकास गर्न गर्यो प्रशिक्षण कार्यक्रम
- राष्ट्रिय वाणिज्य बैंकद्वारा बाढीपहिरो र डुबानबाट प्रभावित तथा पीडितको सहायताका लागि दुई करोड रुपैंया आर्थिक सहयोग प्रदान
- लाभांश वितरण गर्दै फरवार्ड माइक्रोफाइनान्स
- ज्योति विकास बैंकका ग्राहकलाई चितवनको जंगल भिल्ला रिसोर्टमा छुट
- बाढी-पहिरो पीडितलाई सहयोग गर्न एमाले सांसदहरूले आधा महिनाको पारिश्रमिक दिने
- सन नेपाल लाइफ इन्स्योरेन्सको लगनखेल शाखा स्थानान्तरण
- आईसीएफसी फाइनान्सका ग्राहकलाई बुद्ध एयरमा आकर्षण छुट
- सिटिजन लाइफका कर्मचारीलाई व्यक्तित्व विकास तालिम
- नख्खु बाढीमा पसी बगाएकालाई बचाउने तामाङलाई प्रभु महालक्ष्मी लाइफको सम्मान
- मजदुरबाट आफ्नै सफारीको मालिक बने १० परिवार