काठमाडौं । एलआईसी नेपालको नयाँ बीमा योजना सार्वजनिक भएको छ । एलआईसी नेपालले ‘जीवनभरको लागि पेन्सन र रक्षावरण’ भन्ने सन्देशका साथ एलआईसी नेपालले ‘न्यू जीवन तरङ्ग’ नामक जीवन बीमा योजना बजारमा ल्याएको छ । कम्पनीले आफ्नो कर्पोरेट कार्यालयमा आयोजित कार्यक्रममा उक्त ‘न्यू जीवन तरङ्ग’ योजनाको सार्वजनिक अनावरण कम्पनीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद दासले गरेका छन् ।
न्यू जीवन तरङ्ग बीमा योजना १५ देखि ६० वर्षसम्म उमेरका व्यक्तिहरुले लिन सक्नेछन् । न्यूनतम बीमाङ्क रकम रु. २ लाख कायम गरिएको छ भने अधिकतम बीमाङ्कको सीमा बीमा अन्डरराइटिङ्ग नियमानुसार जति पनि लिन सकिन्छ । यस योजनामा बीमा अवधि १० वर्ष, १५ बर्ष र २० बर्ष रहेको छ । यस बीमा योजनाले बीमितको उमेर १०० वर्ष रहदासम्म बीमा रक्षावरण गर्दछ भने अधिकतम रु. ७५ लाखसम्मको दुर्घटना लाभ र स्थायी असक्तता लाभसमेत उपलब्ध छन् ।
बीमाशुल्क भुक्तानी अवधिमा बीमितको निधन भएमा बीमांक रकम र सो अवधिसम्मको आर्जित बोनस रकम इच्छाएको व्यक्तिलाई प्रदान गरिन्छ । बीमाशुल्क भुक्तानी अवधिसम्म बीमित जीवित रहेमा आर्जित बोनस प्रदान गरिन्छ र सोपछिको प्रत्येक बीमा वर्ष दिवसमा बीमांकको ५.५% रकम सुनिश्चित लाभ (पेन्सन सरह) बीमित ९९ वर्ष हुँदासम्म प्रदान गरिन्छ । पेन्सन लिईरहेको अवस्थामा बीमितको निधन भएमा इच्छाएको व्यक्तिलाई वा बीमित १०० वर्षसम्म जीवित रहेमा निजलाई नै बीमांक बराबरको रकम प्रदान गरिन्छ ।
पेन्सन लिइरहेको अवस्थामा जहिले पनि बीमा समर्पण गर्न सकिनेछ । बीमा समर्पण गर्दा पेन्सनबापत लिएको रकम कटौती नगरी बीमांकको ९५% समर्पण मूल्य रकम बीमितले प्राप्त गर्न सक्नेछन् । बीमा चलेको २ वर्ष पश्चात कर्जा तथा बीमा समर्पण सुविधासमेत लिन सकिन्छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत दासले बीमितले आफ्नो अवकाशपछिको जीवनमा नियमित पेन्सन प्राप्त गरी आर्थिक सुनिश्चितता प्राप्त गर्न यो योजना अति उपयोगी रहने बताउनु भयो । कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत टी बर्णवालले नयाँ बीमा योजनाको बारेमा प्रकाश पारेका थिए । उनले यो योजनाका उत्कृष्ट विशेषताहरुका कारण ग्राहकहरुमाझ लोकप्रिय हुने विश्वास व्यक्त गरेका छन् ।
एलआईसी नेपालको नयाँ बीमा योजना सार्वजनिक
आर्थीकसंसार संवाददाता६ पुस, २०७७
६ पुस, २०७७- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त