काठमाडौं । माछापुच्छ्रे बैंकसँग इजि एस्योरेन्सले अन्तर्गतको इजि ट्याक्सीले व्यवसायिक सम्झौता गरेको छ । बिद्युतीय प्रणालीमार्फत ट्याक्सी भाडा भुक्तान गर्नका लागि गरिएको सम्झौतामा माछापुच्छ्रे बैंकको तर्फबाट नायव महाप्रबन्धक सर्जुकुमार थापा र इजि एस्योरेन्सको तर्फबाट प्रबन्ध निर्देशक सन्जित पौडेलले हस्ताक्षर गरेका थिए ।
सो सम्झौतापछि इजि ट्याक्सीअन्तर्गत सञ्चालनमा रहेका करिब ५ हजार ट्याक्सीहरुको सेवा उपभोग गरेबापत ग्राहकहरुले भुक्तानी गर्नुपर्ने भाडा रकम माछापुच्छ्रे बैंकको क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्न सक्ने छन् ।
देशभर डिजिटल सेवाहरुको उपयोग बढिरहेको बेलामा इजि ट्याक्सी नेपाल एपमार्फत लामो समयदेखि इजि एस्योरेन्स प्रालिले प्रविधि मैत्री ट्याक्सी सेवा प्रदान गर्दै आईरहेको छ ।
सम्झौतापछि बोल्दै इजि ट्याक्सीका प्रबन्ध निर्देशक सन्जित पौडेलले बैंकसँगको सहकार्यले डिजिटल ट्याक्सी सेवालाई अगाडि बढाउन सहयोग पुग्ने बताए ।
‘हामीले इजि ट्याक्सी नेपाल एपमार्फत ट्याक्सी सेवा दिइरहेको बेलामा रकम भुक्तानीमा समस्या भइरहेको थियो । अब सो समस्या समाधान भएको छ । आगामी दिनमा थप यात्रुहरुलाई सेवा दिन सहज हुनेछ’, प्रबन्ध निर्देशक सन्जित पौडेलले भने ।
मोबाइल एपमा आधारित ट्याक्सी सेवालाई सहज बनाउने उद्देश्य र कोभिड–१९ को संक्रमणको समयमा नगद कारोबारमा देखिने जोखिम न्यूनीकरण गर्न तथा ग्राहकहरुलाई विद्युतीय कारोबारमा प्रोत्साहित गर्नका लागि इजि ट्याक्सी र बैंकबीच सम्झौता भएको हो । जुनसुकै बैंकमा खाता रहेका ग्राहकहरुले आफ्नो बैंकको मोवाइल बैंकिङ्ग एपको माध्यमबाट क्युआर कोड स्क्यान गरी ट्याक्सीको भाडा एपमार्फत भुक्तानी गर्न सक्नेछन् ।
पछिल्लो दिनमा क्युआर कोर्डमार्फत रकम भुक्तानी निकै सजिलो र भरपर्दाे माध्यमको रुपमा विकास हुँदै गएको छ । रकम भुक्तानीका लागि प्रापकको खाता नम्वर, नामलगायतका विवरण लिखित रुपमा लिइरहनुपर्ने झन्झट नहुने र कुनै पनि क्युआर कोड एकआपसमा नमिल्ने भएकाले पनि क्युआर कोड अहिले ग्राहकको पहिलो रोजाईमा परेको छ ।
माछापुच्छ्रे बैंक र इजि ट्याक्सीबीच सम्झौता
आर्थीकसंसार संवाददाता३० साउन, २०७७
३० साउन, २०७७- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?