काठमाडौं । ग्लोबल आइएमई बैंकले बर्दियाको राजापुर बजार र बाग्लुङ्गको लेखनीमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यी शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २४१ पुगेको छ ।
बैंकले बर्दिया जिल्ला राजापुर नगरपलिका–४, राजापुर बजारमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन राजापुर नगरपलिका–४ का वडा अध्यक्ष रमनकुमार रेग्मी र चेम्बर अफ कमर्स राजापुर बर्दियाका अध्यक्ष कृष्णकुमार रेग्मीले संयुक्तरुपमा गरेका थिए । उक्त शाखारहित बैंकिङ्ग सेवाको संस्थागत प्रतिनिधिको रुपमा बैंकले पौडेल टे«डर्सलाई नियुक्त गरेको छ । यसैगरी बाग्लुङ्ग जिल्ला काठेखोला गाँउपालिका–८, लेखनीमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन बाग्लुङ्ग चेम्बर अफ कमर्सका अध्यक्ष युवराज राजभण्डारीले गर्नुभयो । उक्त शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा योगनाथ कंडेल नियुक्त भएका छन् ।
शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्नेको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्नेलगायतका सेवा लिन सक्नेछन् । कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढाटाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ती स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७३ वटा जिल्लामा फैलिएको २ सय ६४ शाखा सञ्जालसहित २ सय ३९ एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २ सय ४१ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधिरसम्पर्क कार्यालयमार्फत आफ्ना २१ लाखभन्दा बढी ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।
ग्लोबल बैंकद्वारा थप दुईवटा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात
आर्थीकसंसार संवाददाता६ पुस, २०७७
६ पुस, २०७७- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?