News Portal

  • मुक्तिनाथ विकास बैंक र मेडिप्लस हस्पिटलबीच छुटसम्बन्धी सम्झौता

    आर्थिकसंसार संवाददाता६ पुस, २०७७
    १३८४ पटक
    ६ पुस, २०७७

    काठमाडौं । मुक्तिनाथ विकास बैंक र मेडिप्लस हस्पिटलबीच १० प्रतिशत छुटसम्बन्धी सम्झौता भएको छ ।
    मुक्तिनाथ विकास बैंकले पोखरास्थित मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टरसँंग सम्झौता गरेको हो । सो सम्झौतापत्रमा मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टर तर्फबाट अध्यक्ष रमेशकुमार थापा र मुक्तिनाथ बैंकको तर्फबाट गण्डकी प्रदेश प्रमुख बाबुराम ढकालले हस्ताक्षर गरेका थिए । यस सम्झौताअनुसार बैंकका ग्राहकहरुले मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टरको विभिन्न सेवाहरुमा १० प्रतिशतसम्म छुट पाउने भएका छन् ।
    बैंकको ग्राहकले भिसा नेटवर्कअन्तर्गत जुनसुकै बैंकको एटिएमबाट बिना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको समेत बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्