काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको नाफासँगै वितरण योग्य मुनाफा पनि बढेको छ । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफा बढ्न टेवा पुगेको हो । बैंकले प्रकाशित गरेको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्ष १ अर्ब ६० करोड ७ लाख रुपैयाँ रहेको यस्तो मुनाफा गत आर्थिक वर्षको अन्त्यमा बढेर १ अर्ब ६१ करोड ५७ लाख रुपैयाँ पुगेको छ ।
सो अवधिसम्ममा बैंकले ४ अर्ब ६१ करोड ७८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने ३ अर्ब २७ करोड २ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । बैंकको खुद ब्याज आम्दानी अघिल्लो आवको सोही अवधिको तुलनामा १ अर्ब १५ करोड ४ लाख रुपैयाँ र सञ्चालन मुनाफा १२ करोड ७ लाख १८ हजार रुपैयाँ बढेको हो ।
बैंकले चौथो त्रैमाससम्ममा २ अर्ब २९ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत आवको असार मसान्तसम्म कमाएको खुद नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ९ करोड ४० लाख १० हजार रुपैयाँ बढी हो । अघिल्लो आवको यसै अवधिसम्ममा बैंकले २ अर्ब १९ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
१३ अर्ब ९८ करोड ५२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ४ अर्ब ७९ करोड ५६ लाख रुपैयाँ, शेयरधनी कोषमा १ अर्ब ७६ करोड ४३ लाख रुपैयाँ र शेयर प्रिमियम ६ लाख ४४ हजार रुपैयाँ रहेको छ ।
प्राइम बैंकको वितरण योग्य मुनाफामा बृद्धि
आर्थीकसंसार संवाददाता३० साउन, २०७७
३० साउन, २०७७- मिरा बायोटेकले आईपीओ जारी गर्ने, एलिट क्यापिटलसँग गर्यो सम्झौता
- स्थापना दिवसको अवसरमा ओरिएण्टल इन्स्योरेन्सको रक्तदान कार्यक्रम सम्पन्न
- रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले मनायो सातौं वार्षिकोत्सव
- मुलुक र जनता लाभान्वित हुने गरी काम गर्न आयोगलाई ऊर्जामन्त्रीको निर्देशन
- हिमालयन लाइफद्वारा मृत्यु दाबी भुक्तानी
- कुमारी बैंकको ‘तीजको शुभकामना’ क्यास ब्याक योजना
- एनसेलबाट रकम असुली गर्नुपर्दैन ? : सांसद भण्डारी
- मेट लाइफको एपमा क्यामेराको प्रयोग गरी आफ्नो स्वास्थ अवस्था बुझ्न सकिने
- मुक्तिनाथ बैंकका ग्राहकलाई ‘त्रिशूली बीच रिर्सोट’मा १५ प्रतिशतसम्म छुट
- बीमा व्यवसायीले भने- सञ्चालकको सेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक