काठमाडौं । नेपालका लागि जेसीबी निर्माण तथा हेभी उपकरणको आधिकारिक वितरक एमएडब्लु अर्थमुभर्स प्रालिले सहज फाइनान्सिङका लागि माछापुच्छ्रे बैंकसँग सहमति गरेको छ । एमएडब्लु अर्थमुभर्सको तर्फबाट अध्यक्ष विष्णुकुमार अग्रवाल र माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।
‘हामीलाई विश्वास छ यो सहमतिले हाम्रा ग्राहकलाई सहज फाइनान्सिङमा सहयोग गर्ने विश्वास हामीले लिएका छौं । नेपालभर माछापुच्छ्रे बैंकका १६० वटा शाखाहरु छन् । यसले निर्माण कार्यमा संलग्न देशभरका ग्राहकलाई जेसीबीको फाइनान्सिङ गर्न सहज गर्ने छ ।’ एमएडब्लु अर्थमुभर्सका भाइस प्रेसिडेन्ट तथा प्रमुख कार्यकारी अधिकृत गोपालकुमार अग्रवालले भने, ‘अहिलेसम्म हामीले ७ वटा बैंक तथा वित्तीय संस्थासँग सम्झौता गरिसकेका छौं ।’ त्यसैगरी, एमएडब्लु अर्थमुभर्सका अध्यक्ष विष्णु कुमार अग्रवालले जेसीबीको केन्द्रमा सधैं आफ्नो ग्राहकवर्ग रहने बताए । ‘यो नयाँ सम्झौताले हाम्रा ग्राहकलाई सहज बनाउनुका साथै देश विकासमा पनि मद्दत पुर्याउनेमा हामी विश्वस्त छौं,’ उनले भने, ‘हामी हेभी उपकरणको क्षेत्रमा विश्वासिलो ब्रान्ड हौं र त्यसैले त नेपालको अर्थमुभिङ तथा निर्माण उपकरणमा हाम्रो बजार हिस्सा ५० प्रतिशतभन्दा बढी छ ।’
माछापुच्छ्रे बैंकबाट जेसीबीको सहज फाइनान्सिङ हुने
आर्थीकसंसार संवाददाता५ पौष, २०७७
५ पौष, २०७७- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने