News Portal

  • एनसीसी बैंकद्वारा लाभांश घोषणा

    आर्थीकसंसार संवाददाता४ पौष, २०७७
    २३८५ पटक
    ४ पौष, २०७७

    काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १०.८१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
    पुस ३ गते शुक्रबार अपरान्ह बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो । बैठकले गत आवको नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस र बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि ०.५४०५ प्रतिशत नगद गरी कूल १०.८१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
    सो प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।
    हाल कम्पनीको चुक्ता पुँजी ९ अर्ब ३५ करोड रुपैयाँ रहेको छ । १०.२६९५ प्रतिशत बोनस पछि बैंकको चुक्ता पुँजी १० अर्ब ३१ करोड रुपैयाँ नाघ्ने छ ।
    सो प्रस्तावित लाभांश अघिल्लो आवको तुलनामा करिब ५ प्रतिशतले कम हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई १५.७८ प्रतिशत लाभांश (१५ प्रतिशत बोनस र ०.७८ प्रतिशत नगद) वितरण गरेको थियो ।

    प्रतिकृया दिनुहोस्