काठमाडौं । नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडको स्वामित्वमा रहेको एनआईबिएल एस क्याप्टिल लिमिटेडले आज मिति पौष १, २०७७ गते देखि लागू हुने गरी निःशुल्क डिम्याट खाता तथा निःशुल्क मेरो शेयर दर्ता सुरु गरेको छ ।
यो योजना सीमित अवधिको लागि मात्र भएकाले आजकै मितिबाट एनआईबिएल एस क्याप्टिल लिमिटेड लाजिम्पाट तथा यसका अन्य शाखा कार्यालयहरू तथा नेपाल ईन्भेष्टमेण्ट बैंक लि.को देशभर रहेका कुनै पनि शाखा कार्यालयमा गई निःशुल्क डिम्याट खाता खोली मेरो शेयर पनि दर्ता गर्न सक्नुहुनेछ । यसका अतिरिक्त एनआईबिएल एस क्याप्टिल लिमिटेडले एकै दिनमा डिम्याट खाता तथा मेरो शेयर दर्ता प्रदान गर्ने प्रतिबद्धता समेत जनाएको छ ।
एनआईबिएल एस क्याप्टिल लिमिटेडसँग आवद्ध भई आप्mनो् प्रतिक्रिया तथा सुझाव दिई सेवा प्रवाहमा सुधार ल्याउन मद्दत गर्ने सम्पूर्ण ग्राहकहरुलाई कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरुमा पनि सहज रुपमा आप्mनो ग्राहकवर्गहरुलाई भरपर्दाे सेवाहरु प्रदान गर्ने प्रतिवद्धता बैंकले जारी गरेको सूचनामा जनाएको छ ।
थप जानकारीका लागि कार्यालयको आधिकारीक वेवसाइट www.niblcapital.com मा जानुहोस् ।
एनआईबीएल एस क्यापिटलमा निःशुल्क डिम्याट खाता खोल्न सकिने
आर्थीकसंसार संवाददाता१ पुस, २०७७
१ पुस, २०७७- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- नबिल बैंकको नगद लाभांश घोषणा
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न