News Portal

  • मौद्रिक नीतिको समीक्षा: पर्ख र हेरको रणनीतिमा

    आर्थीकसंसार संवाददाता१४ मंसिर, २०८१
    ६१ पटक
    १४ मंसिर, २०८१

    काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन ले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले पर्ख र हेरको रणनीति अवलम्बन गरेको जनाएको छ ।

    सीबीफीनले प्रेस विज्ञप्ति जारी गर्दै पहिलो त्रैमासिक समीक्षा मौन बसेको भन्दै आगामी समीक्षामा व्यावसायिक माग सम्बोधन गर्न आग्रह गरेको छ ।

    नेपाल राष्ट्र बैंकको विशेष पहलका कारण अर्थतन्त्रका बाह्य सूचकहरूमा निरन्तर सकारात्मक सुधार आउँदै गरेको परिप्रेक्ष्यमा अर्थतन्त्रका आन्तरिक सूचकहरू भने झन शिथिल हुँदै गएको तत्कालीन परिस्थिति र आम अपेक्षाहरूलाई सुक्ष्मरूपमा अध्ययन तथा विश्लेषणसहित समग्र आर्थिक, व्यावसायिक एवं बैंकिङ गतिविधिहरूलाई जीवन्त बनाउनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

    गत श्रावणमा आएको २०८१/८२ को मौद्रिक नीतिले आमरूपमा आशा र उत्साह जगाएकोमा सीवीफीनले समयसापेक्ष मौद्रिक नीतिको स्वागत गर्दै आगामी निर्देशन तथा समीक्षाहरूमार्फत समयानुकूलरूपमा थप नीतिगत सहजता हुनुपर्ने आवश्यकता बोध गराएको थियो ।

    विज्ञप्तिमा मौद्रिक नीतिले अपनाएका नीतिगत व्यवस्थाहरू कार्यान्वयनबाट मूल्य स्थिरता र बाह्य क्षेत्रको स्थायित्व कायम हुँदै गएको भएपनि बैंक तथा वित्तीय संस्थाहरूको खराब/निष्क्रिय कर्जा एवं गैरबैंकिङ सम्पत्तिमा निरन्तररूपमा बृद्धि भइरहेको, अपेक्षाकृतरूपमा कर्जा लगानी हुन नसकेको पनि उल्लेख छ ।

    निजी क्षेत्रको मनोबलसमेत खस्किरहेको वर्तमान परिस्थितिका बीच जारी भएको समीक्षाले पछिल्लो समयमा विकसित विविध घटनाक्रमहरूलाई नीतिगत सम्बोधन गर्नुपर्ने सीबीफीनको माग छ ।

    नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा शुक्रबार सार्वजनिक गरेको थियो ।

    प्रतिकृया दिनुहोस्