News Portal

  • प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड चौथो वर्षमा प्रवेश

    आर्थीकसंसार संवाददाता२८ मंसिर, २०७७
    १५७६ पटक
    २८ मंसिर, २०७७

    काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड आफ्नो स्थापनाको तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको छ । २०७४ मंसिर २८ गतेदेखि जीवन बीमा व्यवसाय सुरुवात गरेको यो कम्पनीले आफ्नो वार्षिकोत्सवको अवसरममा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यहरुमा सहभागी हुने कार्यलाई निरन्तरता दिँदै आएको छ ।
    आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत महानगरीय ट्राफिक प्रहरी महाशाखालाई स्यानिटाइजर, मास्क र साबुनसहितको स्वास्थ्य सुरक्षासम्बन्धी सामाग्रीहरु उपलब्ध गराएको छ । २०७७ मंसिर २८ गतेका दिन महानगरीय ट्राफिक प्रहरी महाशाखामा आयोजित एक समारोहमा प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायणप्रसाद पौडेलले उक्त सामग्रीहरु ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईलाई हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा प्रभु लाइफ इन्स्योरेन्सका वरिष्ठ अधिकृतहरु एवम् उक्त महाशाखाका ट्राफिक प्रहरी पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
    यसैगरी उक्त कम्पनीका प्रदेशस्थित कार्यालयहरुबाट पनि रक्तदानलगायतका विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिएको थियो । यही मंसिर २९ गतेदेखि उक्त कम्पनीको ६० लाख कित्ता बराबरको रु. ६० करोडको शेयरसमेत सार्वजनिक निष्कासन खुला हुँदैछ । सिद्धार्थ क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा हुने शेयरको यो सार्वजनिक निष्कासन छिटोमा पुस २ गते बैकिङ्ग समयपश्चात् बन्द हुनेछ । प्रति शेयर रु.१००।– अंकित दरले ६०,००,००० कित्ता साधारण शेयरमध्ये कम्पनीको कर्मचारीहरुलाई ३,००,००० कित्ता शेयर सुरक्षित गरीे र ३,००,००० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरिएको र बाँकी ५४,००,००० कित्ता साधारण शेयर सर्वसाधारणका लागि खुला गरिनेछ । सार्वजनिक निष्कासनपश्चात् उक्त कम्पनीको चुक्ता पुँजी रु. १ अर्ब ४० करोडबाट बढेर रु. २ अर्ब पुग्ने कुरा जारी विज्ञप्तिमा जनाएको छ ।

     

     

     

    प्रतिकृया दिनुहोस्