News Portal

  • नेपाल आर्थिक पत्रकार संघको अध्यक्षमा ढकाल निर्वाचित

    आर्थीकसंसार संवाददाता२७ मंसिर, २०७७
    १८६९ पटक
    २७ मंसिर, २०७७

    काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को अध्यक्षमा मोदनाथ ढकाल निर्वाचित भएका छन् । नाफिजको सम्पन्न पाँचौं महासभाबाट ढकाल अध्यक्षमा निर्वाचित भएको हो । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गरेको महासभाले १३ सदस्यीय कार्यसमिति चयन गरेको छ, जसको समापन सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।
    नाफिजको पाँचौं महासभाले नाफिजको नयाँ अध्यक्षमा द राइजिङ नेपालका मोदनाथ ढकाललाई निर्वाचित गरेको छ भने रेडियो नेपालका भूवन आचार्य र आर्थिकन्युजकी मेनुका कार्कीलाई उपाध्यक्षमा चयन भएका छन् ।
    महासचिवमा कर्पोरेट नेपालका नारायण पौडेल तथा सचिवमा अनलाइनखबरका रोयल आचार्य निर्वाचित भएका छन् । नाफिजका नयाँ सह–सचिव बिजपाटीका महमद अजमत अली र नोटबजारका परमेश्वर अधिकारी कोषाध्यक्ष भएका छन् ।
    पाँचौं महासभाले नाफिजका नयाँ कार्यसमिति सदस्यहरुमा पाँच जनालाई निर्वाचित गरेको छ । जसमा क्रमशः आर्थिक अभियानकी प्रजिता बुढाथोकी, रोजगार मिडियाका फणिन्द्र दाहाल, बाह्रखरीका रोविन पौडेल, अनलाइनखबरका नवीन ढुंगाना र नेपालखबरका दीपक भट्ट रहेका छन् ।
    यस्तै नयाँ कार्यसमितिको पहिलो बैठकले गोरखापत्र दैनिकका गोपालचन्द्र सुवेदी र क्लिकमान्डुकी दिलु कार्कीलाई कार्यसमिति सदस्यमा मनोनित गरेको छ । संस्थाका निवर्तमान अध्यक्ष सीताराम भट्टराई स्वतः कार्यसमिति सदस्य बने ।
    त्यस्तै, नाफिजको पाँचौं महासभाले दुई अग्रज आर्थिक पत्रकारलाई सम्मानसमेत गरेको छ । सम्मानित हुनेहरुमा इकाज डटकमका सम्पादक विकास थापा र लोकपथ डटकमका सम्पादक लभेष प्याकुरेल रहेका छन् । नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई विभिन्न निजी क्षेत्रका प्रतिनिधिहरु र अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुभकामना व्यक्त गरेका थिए ।

    प्रतिकृया दिनुहोस्