News Portal

  • युनाइटेड फाइनान्सका सेयरधनीले लाभांश नपाउने

    आर्थिकसंसार संवाददाता२५ मंसिर, २०७७
    १८५१ पटक
    २५ मंसिर, २०७७

    काठमाडौं । युनाइटेड फाइनान्सका सेयरधनीले यसवर्ष लाभांश नपाउने भएका छन् । फाइनान्सका सेयरधनीले गत आर्थिक वर्ष २०७६/७७ को लाभांश नपाउने भएका हुन् ।
    मंसिर २८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो । उक्त बैठकले संस्थाको वित्तीय अवस्था थप सवल र सशक्त बनाउन सेयरधनीलाई उक्त आवको लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
    फाइनान्सले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई ३ प्रतिशत बोनस र ७.५२६ प्रतिशत नगद गरी १०.५२६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

    प्रतिकृया दिनुहोस्