काठमाडौं । देशकै ठूलो नेपाल पूर्वाधार बैंक आठ करोड कित्ता आईपिओ निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा अनुमति माग्न पुगेको छ ।
बैंकले यही मंसिर ८ गते धितोपत्र बोर्डमा आईपीओ निष्काशनको लागि अनुमति माग गर्दै निवेदन दर्ता गराएको छ । एनआईबिएल एस क्यापिट बिक्री प्रबन्धक रहेको सो आईपिओ हालसम्मकै सबैभन्दा ठूलो हो । यसअघि नेपाल पुनर्बीमा कम्पनीले दुई करोड कित्ता आईपिओ निष्काशन गरेको भए पनि सोको तुलनामा चार गुणा ठूलो आईपीओ आउन लागेको हो ।
हाल नेपाल पूर्वाधार बैंकको चु्क्ता पुँजी कुल १२ अर्ब छ । आईपीओ जारी गरेपछि बैंकको कुल चुक्ता पुँजी २० अर्ब पुग्ने छ । बैंकले विकास पूर्वाधारमा मात्रै लगानी गर्न पाउनेछ । पूर्वाधार विकासको लागि नेपाल सरकार, बैंक वित्तीय संस्था तथा विभिन्न औद्योगिक घरानाले स्थापना गरेको बैंक देशको सबैभन्दा धेरै चुक्ता पुँजी भएको बैंक हो ।
आईपीओ निष्काशन अनुमति माग्दै नेपाल पूर्वाधार बैैंक बोर्डमा
आर्थीकसंसार संवाददाता२३ मंसिर, २०७७
२३ मंसिर, २०७७- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?