काठमाडौं । कामना सेवा विकास बैंकले लोकगायक गन्धर्बलाई आर्थिक सहयोग गरेको छ । बैैंकले कुनै समय स्रोतामाझ निकै लोकप्रिय बनेको सिके श्रेष्ठले रचना गरेको गीतका गायक सुरेश गन्धर्बलाई उपचारका लागि ५० हजार सहयोग गरेको छ । उनलाई बैंकले सामाजिक सुरक्षा उत्तरदायित्वमार्फत ५० हजारको चेक हस्तानतरण गरेको हो ।
६५ वर्षअघि भोजपुरको जरायोटारमा जन्मिएका गन्धर्ब सानै उमेरदेखि नै सारङ्गी बजाउँदै आफ्नो सुरिलो स्वरले गाउँदै धेरै स्रोताको मन जित्न सफल भएका थिए भने २०४९ सालमा धनकुटाको देब्रेवासमा रहेको रेडियो नेपालको क्षेत्रीय प्रसारण केन्द्रमा रिंकीबुङको राँगोलाई बोलको गीत रेर्कड भएको थियो । ‘रिंकीबुङको राँगोलाई ‘।।चुङकेबुङको चुलेसीले’ गीतका चर्चीत गायक सुरेश गन्धर्ब पछिल्लो केही समययता मुटुरोग, युरिक एसिड (वाथ), सुगर (मधुमेह), प्रेसर, थाइराइडजस्ता रोगहरूबाट पीडित रहेका छन् । सहयोग स्वरुपको चेक कामना सेवा बैंकका प्रदेश नं १ का प्रदेश प्रमुख सुजन छाराहाङले गन्धर्बको धरान–८ स्थित डेरामा नै पुगेर हस्तान्तरण गरेका थिए । सो सहयोग बैंक र बैंकका कर्मचारीको एक दिनको पारिश्रमिक कट्टा गरी संकलन गरी प्रदान गरिएको बैंकका प्रदेश नं. १ प्रमुख छाराहाङले जानकारी दिए ।
कामना सेवा बैंकद्वारा लोकगायक गन्धर्बलाई आर्थिक सहयोग
आर्थीकसंसार संवाददाता२१ मंसिर, २०७७
२१ मंसिर, २०७७- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो