काठमाडौं । नेपाली ध्वजाबाहक नेपाल वायु सेवा निगमको जहाजलाई हङकङ उडानमा पुनः प्रतिबन्ध लागेको छ । नेपालबाट हङकङ अवतरण भएका यात्रुको कोभिड जाँचको रिपोर्टमा कैफियत देखिएको कारण हङकङले पन्ध्र दिनका लागि बन्देज लगाएको हो ।
यसअघि पनि तीनपटकसम्म यस्तै घटनामा नेवानि परिसकेको छ । बन्देज लाग्दै खुल्दै गरेपछि नेवानिले आफ्नो उडानबाट हङकङ जाने यात्रुलाई सरकारी प्रयोगशालामा जँचाएको रिपोर्ट अनिवार्य गरेको थियो । यसपटक नेपालका सरकारी प्रयोगशालाकै रिपोर्ट हङकङमा पुनः जाँचका क्रममा फरक परेपछि नेवानि कारबाहीमा परेको हो । यसपटक पाँच यात्रुको रिपोर्ट पोजेटिभ र एक जनाको शंकास्पद देखिएको छ । प्रयोगशालाको रिपोर्टमा यसरी पटकपटक कैफियत देखिएपछि पुनः छलफल गर्न लागिएको छ,ु निगमकी प्रवक्ता करिश्मा श्रेष्ठले भनिन्, ‘पटकपटक यस्तो घटना भइरहेकाले निगम गम्भीर छ ।’
कोभिड परीक्षण विवरणमा चुकेर तीन पटकसम्म प्रतिबन्ध लगाइएपछि गत सोमबार (३० तारिख) नेवानिले पुनः उडान गरेको थियो । यसअघि निगममार्फत हङकङ जाने यात्रुले ह्याम्स र स्टारलगायत निजी अस्पतालको प्रयोशालामा कोभिड–१९ को परीक्षण गराउँदै आएका थिए । निजी प्रयोगशालाको रिपोर्टमाथि प्रश्न उठेपछि निगमले यात्रुलाई सरकारीमा परीक्षण गराएको रिपोर्ट ल्याएमात्रै उडानमा सहभागी गराउने भएको थियो ।
हङकङले नेपाली ध्वजाबाहकलाई उडानमा बन्देज गर्दा मुलुककै प्रतिष्ठामा आघात परेको भन्दै नागरिक उड्डयन मन्त्रालयले पर्यटन मन्त्रालयसँग गलत रिपोर्ट दिने प्रयोगशालामाथि कारबाही किन नगर्ने भन्ने प्रश्न उठाएको थियो । सुरुमा उडानमा चार जनामा संक्रमण पुष्टि भएपछि हङकङले नेवानिलाई अक्टोबर ४ देखि १७ सम्म उडानमा प्रतिबन्ध लगाएको थियो । उडानमा संक्रमित संख्या बढेर नौजना पुगेपछि हङकङ एयरपोर्टले अक्टोबर २२ नोभेम्बर ४ सम्म फेरि प्रतिबन्ध लगाएको थियो । यसपछि पनि करिब एकसाताकै अन्तरालमा भएको काठमाडौं–हङकङ उडानमा १४ जना संक्रमित पुष्टि भएका थियो । जसका कारण हङकङले नोभेम्बर १२ देखि २५ तारिखसम्म उडानमा प्रतिबन्ध लगाएको थियो । अन्तर्राष्ट्रिय उडान खुला भएसँगै निगमले काठमाडौं–हङकङतर्फ साताको एउटा उडान गर्दै आएको जनाएको छ ।
नेपाल वायु सेवा निगमलाई हङकङ उडानमा पुनः प्रतिबन्ध
आर्थीकसंसार संवाददाता१९ मंसिर, २०७७
१९ मंसिर, २०७७- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?