काठमाडौं । सरकारले देशभरका ३ सय ९६ स्थानीय तहमा आधारभूत अस्पतालको शीलान्यास गर्ने भएको छ । सरकारले जनसंख्या र भौगोलिक आधारलाई ध्यान दिएर ५ देखि १५ शैय्यासम्मको अस्पताल शीलान्यास हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य क्षेत्रमा एकै पटक ३ सय ९६ स्थानीय तहमा यति धेरै अस्पताल निर्माण गर्न लागेको यो पहिलो पटक हो ।
स्वास्थ्य मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक एवम् आधारभूत अस्पताल शीलान्यास समन्वय समितिका संयोजक माधव लम्सालले स्वास्थ्य सेवामा अहिलेसम्मकै यति धेरै अस्पताल निर्माणको ठूलो काम हुन लागेको बताएका छन् । यसअघि नै अस्पतालहरु रहेका स्थानीय तहमा भने अस्पताल निर्माण गरिने छैन तर अहिलेसम्म पनि अस्पताल नभएका स्थानीय तहमा भने आधारभूत अस्पताल निर्माण गर्न लागिएको हो । जसअन्तर्गत पाँच शैय्याका ५२, १० शैय्याका एक सय नौ र १५ शैय्याका ३५ अस्पताल बनाइने भएका छन् । यो अस्पताल कम्तीमा दुई वर्ष भित्र निर्माण कार्य सम्पन्न भएर सञ्चालनमा आउनेछन् ।
यी अस्पतालहरुको संरचना निर्माणका लागि यस आर्थिक वर्षमा ६ अर्ब १२ करोड २६ लाख निकासा गरिएको छ । अस्पताल निर्माण र उपकरण जडान गर्न करिब ५८ अर्ब खर्च हुने अनुमान छ ।
सबैभन्दा धेरै प्रदेश १ मा ८६ आधारभूत अस्पताल निर्माण गरिनेछन् । त्यस्तै, लुम्बिनीमा ५७, सुदूरपश्चिममा ५४, प्रदेश २ र गण्डकीमा ५३–५३, बागमतीमा ५१ र कर्णालीमा ४२ स्थानीय तहमा अस्पताल बनाइने मन्त्रालयले जनाएको छ । पाँच शैय्याको अस्पतालमा एकजना मेडिकल अफिसरसहित १२ स्वास्थ्यकर्मी, १० शैय्याको अस्पतालमा दुईजना मेडिकल अफिसरसहित १७ जना र १५ शैय्याको अस्पतालमा तीनजना मेडिकल अफिसरसहित २७ स्वास्थ्यकर्मी खटाउने मापदण्ड सरकारले तयार गरेको छ । स्थानीय तहका प्रमुखहरुले नै यी अस्पतालको शीलान्यास गर्ने भएका छन् । अर्थमन्त्रालयले स्थानीय तहमा ३ सय ९६ वटा आधारभूत अस्पताल निर्माण गर्नका लागि स्रोत सुनिश्चत गरिसकेको छ । यसअघि नै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कार्यका लागि ५७ अर्ब ९७ करोड ११ लाख ९० हजार रुपैयाँ बराबरको निर्माण कार्य अगाडि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति पनि दिइसकेका छन् ।
देशभर ३ सय ९६ स्थानीय तहमा आधारभूत अस्पताल शीलान्यास हुने
आर्थीकसंसार संवाददाता१५ मंसिर, २०७७
१५ मंसिर, २०७७- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो