News Portal

  • मेगा बैंकको सम्पर्करहित भुक्तानी सेवा सुरु

    आर्थीकसंसार संवाददाता१२ मंसिर, २०७७
    १९७८ पटक
    १२ मंसिर, २०७७

    काठमाडौं । मेगा बैंकले नेपाल लिमिटेडले सम्पर्करहित भुक्तानी सेवा सुरू गरेको छ । विकसित प्रविधिहरुलाई आत्मसाथ गर्दै ग्राहकलाई नवीनतम सेवा सुविधा दिने क्रममा यस्तो सेवा सुरु गरेको बैंकले जनाएको छ ।
    नियर फिल्ड कम्युनिकेशन (एनएफसी)मा आधारित सम्पर्करहित भुक्तानी भनेको ट्याप गरी भुक्तानी गर्ने प्रणाली हो । अर्थात कार्डहरु कहीं कतै सम्मिलित नगरी बीना कुनै सम्पर्क वा कहीं कतै प्रविष्ट वा नघोटि पीओएस मेसिन वा कार्ड रिडरमा (ट्याप) गरेर भुक्तानी गर्ने सेवा हो । यस सेवामार्फत ग्राहकले बीना कुनै सम्पर्क वा कहीँकतै सम्मिलित नगरी कार्ड रिडर मा कार्ड ट्याप गरेर भुक्तानी गर्न सक्नेछन् भने ट्रेन वा बसको टिकटको भुक्तानी गर्नलाई पनि यसको प्रयोग गर्न सक्नेछन् । ईएमभी चिपकार्डका लागि मेगा बैंकको थ्रीडी सिक्योर सर्भिसले पहिले नै महत्त्वपूर्ण भूमिका खेलिसकेकोले ट्याप एण्ड पे सुविधाले भुक्तानी सेवालाई थप सुरक्षा प्रदान गर्ने बैंकले बताएको छ ।
    सामान्यतया यस प्रकारको कार्ड बस तथा ट्रेनको टिकटको भुक्तानी गर्न तथा अन्य ठाउँहरुमा कार्ड प्रविष्ट नगरी वा कार्ड नघोटी भुक्तानी गर्नलाई यसको प्रयोग गर्ने गरिन्छ। केन्द्रीय बैंक नियम अनुसार, सम्पर्करहित भुक्तानी प्रविधि अर्थात कार्ड नघोटी २००० रुपैयाँसम्मको भुक्तानी गर्न सकिने बैंकले बताएको छ ।

    प्रतिकृया दिनुहोस्