News Portal

  • नबिल बैंक र दराज क्यामु प्रालिबीच विशेष सम्झौता

    आर्थीकसंसार संवाददाता९ मंसिर, २०७७
    १७९२ पटक
    ९ मंसिर, २०७७

    काठमाडौं । नबिल बैंक र दराज क्यामु प्रालिबीच विशेष सम्झौता भएको छ । नबिल बैंक र दराज क्यामु प्रालिले नेपालका साना तथा मझौला उद्यम (एसएमई)लाई सहयोग पुर्याउन एक विशेष सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । नबिल बैंक, ग्राहकहरुलाई सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने एक अग्रणी वाणिज्य बैंक हो । दराज नेपाल, हजारौं बिक्रेताहरूलाई ग्राहक समुदायसँग जोड्ने देशकै ठूलो अनलाइन स्टोर हो ।
    दुबैको सहकार्यमा ‘सारथी’ भन्ने वित्तीय कार्यक्रम सुरू गरेका छन्, जहाँ दराजका बिक्रेताहरूले आकर्षक सुविधा तथा ब्याज दरको नबिल एसएमई कर्जाको लागि आवेदन दिन सक्नेछन् । यो कार्यक्रम सबै एसएमई ग्राहकहरुका लागि बनाइएको छ, जसमा पुराना तथा नयाँ सबै ग्राहकहरुले आवेदन दिन सक्नेछन् ।
    नबिल बैंकका डेपुटी सीईओ, सुजित कुमार शाक्य र दराज क्यामु प्रालिका प्रबन्ध निर्देशक, लिनो अल्हेरिङ्गले एक विशेष समारोहमा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । उक्त समारोहमा बोल्दै बैंकका डेपुटी सीईओले भने, ‘यो कार्यक्रम नेपालमा डिजिटल बजारको विकासको लागि निकै महत्वपूर्ण हुनेछ । हाम्रो मुख्य प्राथमिकता नेपालका एसएमईहरुलाई विभिन्न लगानी कार्यक्रममार्फत आफ्नो व्यवसाय विस्तारमा सहयोग पुर्याउनु रहेको छ । सारथी कार्यक्रमको लागि हामीले दाराजसंग सहकार्य गरेका छौं । हाम्रो विश्वास छ कि, यो वित्तीय कार्यक्रमले उनीहरूलाई कोभिड–१९ को कारणले आइपरेका कठिनाइहरू पार गर्न मद्दत पु¥याउँछ र उनीहरूको व्यवसायलाई दीर्घकालीन स्थिरता र बृद्धिका लागि पुनर्जीवित गर्नेछ ।’ त्यस्तै, दराज क्यामु प्रालिका प्रबन्ध निर्देशकले भने, ‘सारथी’ कार्यक्रमलाई नबिल बैंकसँगको सहकार्यमा प्रस्तुत गर्न हामी धेरै उत्साहित छौं । हामीले लामो समयदेखि काम गरिसकेका छौं, अर्थतन्त्रमा कोभिड–१९ को प्रभावलाई ध्यानमा राखी यो कार्यक्रम अझ महत्वपूर्ण साबित भएको छ । योे नेपालमै पहिलो क्रेडिट स्कोरिंगमा आधारित नौलो समाधान हो र हामी यो रणनीतिक साझेदारीको सुरुवातमा छौं । नेपाली आर्थिक क्षेत्रलाई अझ मजबुत बनाउन हामी यस सारथी कार्यक्रममा नबिल बैंकसंग धेरै नजिकबाट काम गर्ने आशा गरिरहेका छौं ।’
    आफ्नो अनलाइन उपस्थिति गर्न इच्छुक व्यवसायीहरुले, सारथी कार्यक्रमको लागि तलको लिंक प्रयोग गर्न सक्दछन्, जुन नबिल बैंक र दराजको संयुक्त रुपमा सहजीकरण गरिएको छ ।

    प्रतिकृया दिनुहोस्