आर्थिकसंसार संवाददाता२६ साउन, २०७७

काठमाडौं । नेपाल बंगलादेश बैंकले दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न ऋणपत्रको रेटिङ पाएकोे छ । बैंकले प्रस्ताव गरेको ऋणपत्रलाई इक्रा नेपालले ‘केयर एनपि एल त्रिपल बि प्लस’ रेटिङ प्रदान गरेको छ ।
बैंकले एक हजार रुपैयाँ अंकित दरमा २० लाख कित्ता ऋणपत्र जारी गर्न लागेको छ । अब बैंकले २० लाख कित्ता ऋणपत्र बिक्री गर्न पाउने छ । यसका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृत लिनुपर्ने छ ।
बैंकले पाएका मध्यम क्रेडिट गुणस्तर जनाउने केयर एनपि एल त्रिपल बि प्लस रेटिङले बैंकको ऋणपत्रमा गरिने लगानी मध्यम रुपमा सुरक्षित मानिन्छ ।