News Portal

  • थप २ हजार १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि

    आर्थीकसंसार संवाददाता४ मंसिर, २०७७
    १३११ पटक
    ४ मंसिर, २०७७

    काठमाडौं । देशभर बितेको २४ घण्टामा ८ सय ६४ महिला र १ हजार २ सय ३९ पुरुषसहित थप २ हजार १ सय ३ जना कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख १५ हजार २० पुगेको छ ।
    मन्त्रालयका अनुसार थप २ हजार ८ सय ५८ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् भने हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ८५ हजार ६ सय ३८ पुगेको छ । त्यसैगरी १७ जनाको मृत्यु भएको छ ।
    त्यसैगरी बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार २ सय २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा ५ सय १३ जना महिला र ७ सय १६ जना पुरुष रहेका छन् । मन्त्रालयको अध्यावधिक विवरणअनुसार बिहीबारसम्म सक्रिय संक्रमितको संख्या २८ हजार १ सय ६ जना रहेको छ । यस्तै हालसम्म कोरोनाबाट १ हजार २ सय ७६ जनाले ज्यान गुमाएका छन् भने क्वारेन्टिनमा ७ सय ६७ जना रहेका छन् ।

    प्रतिकृया दिनुहोस्