News Portal

  • महालक्ष्मी बैंकद्वारा स्वस्तिक बगैंचा पुनर्निर्माण गरी हस्तान्तरण

    आर्थीकसंसार संवाददाता३ मंसिर, २०७७
    १४३२ पटक
    ३ मंसिर, २०७७

    काठमाडौं । महालक्ष्मी विकास बैंकद्वारा ललितपुरको स्वस्तिक बगैंचा पुुनर्निर्माण गरी हस्तान्तरण गरेको छ । बैंकले शनिबार लक्ष्मी पूजाको अवसर पारेर ललितपुर महानगरपालिका–५, महालक्ष्मीस्थानलाई बँगैचा मर्मत तथा पुनः निर्माण गरी हस्तानतरण गरेको छ । बैंकले शताब्दी पुरुष सत्यमोहन जोशीको प्रेरणाले महालक्ष्मी स्वस्तिक बगैंचा मर्मत तथा पुनर्निर्माण कार्य सम्पन्न गरी व्यवस्थापन समितिलाई हस्तारण गरेको हो ।
    सो बगैंचा बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको उपस्थितिमा कार्यक्रममा प्रमुख आतिथि तथा ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरीबाबु महर्जनले विधिवत रुपमा समुद्घाटन गरी व्यवस्थापन समितिका अध्यक्ष आत्माराम कोइरालालाई हस्तान्तरण गरेका थिए ।
    महालक्ष्मी मन्दिर परिसरको प्राकृतिक सौन्दर्यलाई अभिवृद्घि गर्नुका साथै मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीहरुलाई स्वच्छ तथा शान्त वातारणको अनुभूति प्राप्त गर्न मद्दत पुर्याउने उद्देश्यले बैंकले उक्त बगैँचा मर्मत तथा पुनर्निर्माण गरेको कुरा बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
    देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०३ वटा शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

    प्रतिकृया दिनुहोस्