काठमाडौं । प्रिमियर इन्स्योरेन्सको अधिकांश सूचांकहरु सकारात्मक भएको र प्रिमियर इन्स्योरेन्स कम्पनीको मुनाफा ३६ प्रतिशतले बृद्धि भएको छ ।
प्रिमियर इन्स्योरेन्स कम्पनीले कोरोना महामारीकै समयमा निर्जिवन बीमा व्यवसायको दायरा थप विस्तार गर्न सफल भएको छ । कम्पनीले चालु आवको पहिलो त्रैमासमा मुनाफा ३६ प्रतिशतभन्दा बढीले बृद्धि गर्न सफल भएको छ भने बीमा शुल्क आर्जनसमेत १७ प्रतिशतभन्दा बढीले बृद्धि गर्न सफल भएको छ ।
गत शनिबार प्रकाशित कम्पनीको वित्तीय विवरणअनुसार कम्पनीले सात करोड ९० लाख २९ हजार रुपैयाँ तीन महिनामा मुनाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो वर्ष कम्पनीले पहिलो त्रैमासमा जम्मा पाँच करोड ७८ लाख ३८ हजार रुपैयाँ मात्रै खुद नाफा आर्जन गर्न सफल भएको थियो । एक अर्ब सात करोड ४५ लाख रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले बीमा कोषमा ७१ करोड १९ लाख, जगेडा कोषमा ३६ करोड रुपैयाँ र महाविपत्ति कोषमा छ करोड ७० लाख रुपैयाँ संचिती गरेको छ । समग्रमा कोरोनाकै महामारीमा कम्पनी थप बलियो हुन पुगेको छ ।
चालु आवको वित्तीय विवरण अनुसार कम्पनीको खुद बीमा शुल्क आर्जन बृद्धि भएको छ । कम्पनीले समीक्षा अवधिमा २४ करोड ६२ लाख ६७ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । अघिल्लो वर्ष जम्मा २१ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले चालु आवको पहिलो त्रैमासमा कोरोना महामारीका कारण घोषणा गरिएको निषेधाज्ञाका बीच कम्पनीले साढे तीन करोड रुपैयाँ भन्दा बढी खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।
समीक्षा अवधिमा कम्पनीले आठ करोड ७९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष कम्पनीको दाबी भुक्तानी १३ करोड रुपैयाँ रहेकोमा यस वर्ष दाबी भुक्तानीसमेत उल्लेख्य मात्रामा घटेको हो । समीक्षा अवधिमा कम्पनीले ४५ करोड ६३ लाख ८४ हजार रुपैयाँ कूल बीमा शुल्क आर्जन गरी निर्जिवन बीमाको व्यवसायको पहुँच थप बृद्धि गर्न सफल भएको छ । अघिल्लो वर्ष कम्पनीले जम्मा ४३ करोड आठ लाख रुपैयाँ कूल बीमा शुल्क संकलन गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीले ४१ हजार ४४५ वटा बीमा लेखमार्फत सो बीमा काराबोर गरेको हो । कम्पनीले २६ करोड ३१ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ । कम्पनीको प्रतिशेयर आम्दानी २९.४२, मूल्य आम्दानी अनुपात २५.७६ रुपैयाँ, प्रतिशेयर नेटवर्थ २०६.०३ रुपैयाँ र प्रतिशेयर कूल सम्पत्ति मूल्य ३२८.०४ रुपैयाँ रहेको छ ।
प्रिमियर इन्स्योरेन्सको अधिकांश सूचांकहरु सकारात्मक
आर्थीकसंसार संवाददाता२ मंसिर, २०७७
२ मंसिर, २०७७- मिरा बायोटेकले आईपीओ जारी गर्ने, एलिट क्यापिटलसँग गर्यो सम्झौता
- स्थापना दिवसको अवसरमा ओरिएण्टल इन्स्योरेन्सको रक्तदान कार्यक्रम सम्पन्न
- रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले मनायो सातौं वार्षिकोत्सव
- मुलुक र जनता लाभान्वित हुने गरी काम गर्न आयोगलाई ऊर्जामन्त्रीको निर्देशन
- हिमालयन लाइफद्वारा मृत्यु दाबी भुक्तानी
- कुमारी बैंकको ‘तीजको शुभकामना’ क्यास ब्याक योजना
- एनसेलबाट रकम असुली गर्नुपर्दैन ? : सांसद भण्डारी
- मेट लाइफको एपमा क्यामेराको प्रयोग गरी आफ्नो स्वास्थ अवस्था बुझ्न सकिने
- मुक्तिनाथ बैंकका ग्राहकलाई ‘त्रिशूली बीच रिर्सोट’मा १५ प्रतिशतसम्म छुट
- बीमा व्यवसायीले भने- सञ्चालकको सेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक