News Portal

  • सानिमा इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन र नाफामा बृद्धि

    आर्थीकसंसार संवाददाता२ मंसिर, २०७७
    १९०४ पटक
    २ मंसिर, २०७७

    काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको खुद बीमाशुल्क आर्जन र नाफा दुवैमा बढेको छ । कम्पनीले पहिलोे त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै उक्त खुद बीमाशुल्क आर्जन र नाफा दुवैमा बृद्धि भएको उल्लेख गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासको अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन १५५ प्रतिशतले बढेर ३४ करोड ८५ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले १३ करोड ६८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
    सानिमा लाईफ इन्स्योरेन्सले प्रकाशन गरेको वित्तीय विवरण सार्र्वजनिक गरेअनुसार पहिलो त्रैमासको अवधिमा कम्पनीको खुद नाफा ७७ प्रतिशतले बढेर ३ करोड ५१ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीले लगानी कर्जा तथा अन्यबाट आय २३ करोड २८ लाख रुपैयाँ आर्जन गरेको छ । समीक्षा अवधिमा कम्पनीले यस अवधिसम्ममा ४२ वटा बीमा दाबी वापत १ करोड २० लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । जगेडा कोष भने १५ करोड ३६ लाख रुपैयाँ रहेको छ भने जीवन बीमा कोषमा १ अर्ब १८ अर्ब रुपैयाँ संचित रहेको छ ।

    प्रतिकृया दिनुहोस्